“धादिङ अस्पतालमा, भोली देखि निःशुल्क, डाईलायसिस सेवा सुरु हुने,

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोली अर्थात साउन २१ गते शनिबार जिल्ला अस्पतालले विस्तार गर्न ,लागेको नयाँ सेवा निःशुल्क डाईलायसिस उद्घाटन गर्ने भएका छन् ।”

“जिल्ला अस्पताल धादिङका मेसु मधुकार दाहालले जनाए अनुसार भोली मुख्यमन्त्री ,पाण्डेले उद्घाटन गरे पछि निःशुल्क डाईलायसिस, सेवा सुरु हुने छ । अब डाईलायसिसका लागि जिल्ला बाहिर धाउनु नपर्ने उनले बताए ।”

“डायलिसिस ,भनेको केहो ?

“दुबै मिर्गौलाले काम गर्न छाडेपछि कृत्रिम तरीकाले मिर्गौलाले काम गर्ने विधि डायलाइसिस हो । मिर्गौला फेल हुँदा शरीरमा पानी बढी हुने, र फोहोर जम्मा हुन्छ । मिर्गौला पूर्ण असफल भएको अवस्थामा र अन्तिम चरणको मिर्गौला रोग र मिर्गौलामा हुने चोटका समयमा पनि बिरामीको जीवन रक्षाका लागि ,डाइलायसिस गर्नुपर्छ ।

“मिर्गौलाको क्षमता ८०–९० प्रतिशतले घटेपछि फोहोर उत्पादनहरू र तरल पदार्थ शरीरबाट बाहिर निस्कन नसकेपछि शरीरमा विषाक्त पदार्थहरू जस्तै (क्रिएटिनिन र अन्य नाइट्रोजन फोहोर पदार्थको ,रूपमा शरीरमा जम्मा हुनथाल्छ । जसले गर्दा वाकवाकी लाग्ने, थकान, खुट्टा सुन्निने, र सास फेर्न कठिर्नाजस्ता लक्षणहरू निम्त्याउँछन् । यिनीहरूलाई सामूहिक रूपमा यूरेमिया भनिन्छ । यस्तो समयमा, सामान्य चिकित्सा व्यवस्थापन अपर्याप्त हुन्छ र बिरामीले डायलिसिस सुरु गर्नुपर्छ ।”

“मिर्गौलाले पूर्ण रुपमा काम गर्न छाडिसकेपछि डायालाइसिसको सहायताले शरीर सफा गर्ने हो । तर मिगौलालाई पुरानै अवस्थामा, फकाउँन वा काम गर्न सक्ने बनाउँन सकिन्न । डायलाइसिस मिर्गौलाको कामको विकल्प मात्रै हो । डायलिसिस दुई प्रकारको हुन्छ । आकस्मित एवम् दीर्घ डायलाइसिस । आकस्मिक डायलाइसिस चाँही कुनै दुर्घटना ,भएका बेला मिर्गौलामा समस्या आएर शरीरमा असर देखापरेमा गर्नुपर्छ ।

“तर अकस्मात केही कारणले छोटो समयका लागि मिर्गौलामा समस्या उत्पन्न हुँदा भने छोटो अवधिको लागि डायलिसिसपछि मिर्गौलाले काम गर्न थाल्छ । त्यस्ता बिरामीको मिर्गौला केही दिन पछि ,फेरि पूर्ण रूपमा काम गर्न थालेपछि, पछि ति बिरामीहरूले डायलिसिस गराउनु पर्दैन । क्रोनिक किड्नी डिजिज ,अर्थात दीर्घकालिन रुपमै मिर्गौला बिग्रिएका बिरामीको भने अवस्था हेरेर सातामा कति पटक डाइलासिस गर्नुपर्छ भन्ने निर्धारण हुन्छ ।

“डायलाइसिस गर्न थालेपछि सामान्यतया हप्तामा एकचोटि गर्नुपर्ने गर्नुपर्छ । बिरामीको अवस्था जटिल छ भने सातामा २–३ पटकसम्म पनि ,डायलाइसिस गर्नुपर्ने हुन्छ । अहिले नेपालमा एक पटक डायलाइसिस ,गरेको खर्च ६ देखि ८ हजारसम्म लाग्छ । निरन्तर डायलाइसिसको समयमा ३–४ हजारसम्म खर्च लाग्ने गर्छ । तथापी सरकारले निःशुल्क गर्ने निर्णय गरे सँगै सरकारी अस्पतालहरुले यो सेवालाई नि:शुल्क बनाएका छन् ।

“डायलाइसिसको, विकल्प”

“एकपटक मिर्गौलाले काम गर्न ,छाडेपछि पुरानै अवस्थामा फकाउन सकिन्न । तर समयमै वा बिग्रन थाल्दाकै क्रममा रोग पहिचान भएमा मिर्गौलाई फेल हुनबाट जोगाउँन सकिन्छ । मिर्गौलाले काम गर्न ,छाडेपछि डायलाइसिसको विकल्प, भनेको मिर्गौला प्रत्यारोपण नै हो । मिर्गौला बिरामीको जीवन सुरक्षा, झन्झट, खर्च र अन्य जटिलताका आधारमा मिर्गौला प्रत्यारोपण डायलासिस भन्दा धेरै उचित विकल्प हो ।

“तर प्रत्यारोपणका लागि एकमुष्ट खर्च, र अंग दान गर्ने व्यक्ति खोजी निकै झन्झटिलो र कठीन छ । अहिले आर्थिक र नजिकको नाताभित्र, अंग दान गर्ने मान्छेको अभावमा धेरै मिर्गौला ,रोगीले त्यो विकल्पमा जान सकेका छैनन र उनीहरु डायलाइसिसकै, भरमा जीवन लम्ब्याउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host