‘मङ्सिर ४ गतेकाे निर्वाचनबाट देशले ४० वर्षमुनिका प्रधानमन्त्री र मन्त्रीहरू पाउँछ’

“प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय चुनाव लड्न लागेका सागर ढकालले यतिबेला निर्वाचनकाे तयारी गरिरहेका छन्।सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घाेषणा गरेसँगै उनले आफू तीव्र भएर चुनावकाे बाँकी तयारीमा लागेकाे बताएका छन्।”

“उनले सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्, मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । आशा छ, अधिकांश युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँनेछ।’

“उनले हाल सरकारमा रहेकाहरूले व्यवस्था परिवर्तन गरेकाे भएपनि अब अवस्था परिवर्तनको लागि  ४० मुनिका योग्य युवाकाे आवश्यक भएकाे बताएका छन्।

‘व्यवस्था परिवर्तनका लागि हजुरबुबा, हजुरआमा, बुबा, आमालाई धेरै-धेरै धन्यवाद। अब अवस्था परिवर्तनको लागि हामी ४० मुनिका योग्ययुवा आएका छौं। सबैको साथ र सहयोगले नै देशको अवस्था परिवर्तन गर्न सकिनेछ। साथ दिनुहोला।’ उनले लेखेका छन्।-

“उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेका थिए।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host