“रोमानियाका युवती, बहुतै राम्रा हुदारहेछं : हिमेश पन्त,

“कमेडी च्याम्पियन हिमेश पन्तले आफ्नो डेब्यु फिल्म ‘वर एण्ड वधु’को विदेशतर्फको भागको छायांकन सकाएका छन् ।”युरोपेली मुलुक रोमानियामा झण्डै एक महिना रहेर उनले फिल्ममा अभिनय गरे ।छायांकन सकिएपछि निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मासहित हिमेश काठमाडौं फर्किएका छन् ।”

“विदेशमा फिल्म छायांकन गर्दा र त्यहाँ रहँदा आफूलाई रोमाञ्चक महसुस भएको उनले बताए ।रोमानियाको खाना, त्यहाँका मान्छे र सिस्टमले आफूलाई लोभ्याएको अनुभव हिमेशले यसरी बाँडे :

“लगभग एक महिनाजति रोमानियामा रहेर हामीले फिल्म सुटिङ गर्‍यौं । यसअघि दुबईमा बसेको छु शोको सिलसिलामा । त्यसपछि रोमानिया मेरो दोस्रो विदेश बसाइ हो ।

“फुडमा पोर्क र चिकेनबाहेक केही पनि नपाइने रहेछ । यी दुई परिकार एक हप्ता खाइयो । यास भन्न सहरमा जाँदा इण्डियन फुड पाइँदो रहेछ । त्यहाँ हामीले भारतीय परिकार खायौं ।”

“इण्डियन फुडमा पनि चिकेन आइटम बढी हुने रहेछ । त्यहाँ एकजना दाइले ताजमहल होटल खोल्नुभएको रहेछ । हामीलाई दुई-तीन पटक नेपाली खाना पनि खुवाउनुभयो ।”

“रोमानियाबाट नेपाल त खत्तमै देखिंदो रहेछ । त्यहाँको सिस्टम एकदमै राम्रो । मलाई मन परेको सिस्टम चाहिं जेब्राक्रसिङमा पहिलो प्राथमिकता मान्छे हुने रहेछ ।हामी टाढै छौं भने जेब्राक्रसिङमा गाडी रोकिने रहेछ । त्यो चाहिं मलाई रोचक लाग्यो ।एकपटक हामी रोड छेउमा फोटो खिच्दै थियौं । गाडी आएर, रोकेर, हर्न लगाएर हामीलाई पठायो ।

“भन्नुको अर्थ मान्छेलाई निकै प्राथमिकता दिइँदो रहेछ । अरु थुप्रै कुरामा पनि राम्रो सिस्टम रहेछ । नियम कानुन यताउति एकदम राम्रो ।सुन्दरीहरु मलाई निकै इन्ट्रेस्टिङ लाग्यो ।सयमा ९० प्रतिशत राम्रा केटी भेटिन्छन् त्यहाँ । नेपालमा त्यस्तो छैन नि त । जो हेर्‍यो त्यही राम्री लाग्छन् रोमानियामा । म आफैंलाई रोचक लाग्यो ।उनीहरुको बानी व्यहोरा एकदमै ‘कुल’, अनुशासित हुने रहेछन् ।”

“नेपालमा जस्तो हल्ला गर्ने केही नहुने । दुई-चार जना साथी बनाएँ मिल्ने साथी । आफ्नो मान्छे भए त्यहाँ फिल्म सुटिङ गर्न सजिलो हुने रहेछ ।बाइचान्स, कसैले साथ नदिने हो भने एकदमै कठिनाइ । घण्टा अनुसार पैसा हुने रहेछ । दुई घण्टाको सुट छ भने घण्टाको हिसाबले ।

“दुई घण्टामा सके सकियो, त्यो भन्दा बढी लागे कि त पैसा बढी तिर्नुपर्छ, कि त निस्किनुपर्छ त्यहाँबाट । समय एकदमै महत्वपूर्ण हुन्छ त्यहाँ ।बनेका देशलाई ५० प्रतिशत सिस्टमले नै बनाएको हो । फिल्ममा मेरो रोमानियामै बस्ने मुख्य पात्र थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host