“किन राती बर्ढान हुदैँन? मलामीबाट, फर्केर किन नुहाउने गरिन्छ? यस्तो छ, वैज्ञानिक कारण”

“सामाजिक तथा धार्मिक रुपमा चलेका कतिपय पुराना मान्यता र परम्पराहरु अझै पनि नेपाली समाजमा चलिरहेको छ ।”

“कतिपयले ति परम्परा र मान्यताको पछाडिको कुनै तुक नभएको भन्दै विरोध गरे पनि ति मान्यता अझैपनि हाम्रो समाजमा कायमै छ । यस्ता कतिपय मान्यता वा परम्परा कतिपयले नबुझेर पनि अनुसरण गर्छन् भने कतिले त्यसलाई रुढिवादी भन्छन् ।”

“तर केहि यस्ता मान्यता र परम्परामा वैज्ञानिक तथ्य समेत भेटिएको छ ।– रातमा कुचो लगाउन नहुने मान्यतारात परेपछि अधिकाशं घरमा कुचो लगाउन नहुने अर्थात बढार्न नहेने मान्यता छ । रातको समयमा कुचो लगाउनु अशुभ मानिन्छ ।”

“यस पछाडी वैज्ञानिक कारण पनि छ । खासमा राती कुचो लगाउँदा बढाइरीएको कसिंगर संगै बहुमुल्य धातु वा धनसम्पती समेत बढारीएर जाने संभावना हुन्छ । जसले गर्दा धनको हानि हुन सक्छ । त्यसैले राती बर्ढानु हुदैँन ।

– मलामिबाट फर्केर नुहाउनु पर्ने मान्यता”

“मलामी गएपछि घाटबाट फर्केर अनिवार्य नुहाउनु पर्ने मान्यता छ । मलामि गएको मानिस नुहाउनुमा वैज्ञानिक कारण पनि छ । मृत शरीर वा लासमा दुषित ब्याक्टेरियाको मात्रा धेरै हुन्छ । मलामि गएको मानिसले शब छुने हुदाँ वा आसपासमा रहने हुनाले बिरामी हुने सम्भावना हुन्छ । त्यसैले नुहाएमा शरीर सफा हुने रोगको संभावना रहँदैन ।”

– दही खाएर यात्रामा जाने मान्यता”

विशेष वा कुनै महत्वपुर्ण, काममा घरबाट बाहिर निस्कँदा परिवारका सदस्यले दही खुवाउने गर्छन् । दहि खाएर यात्रामा जादाँ भाग्यले साथ दिने र साइत राम्रो हुने विश्वास गरीन्छ । तर यस पछाडिको वैज्ञानिक कारण पनि छ । पहिले पहिले यातायातका साधन कम थिए मानिसहरु हिडेर यात्रा गर्थे । यसले गर्दा शरिर थाक्ने तथा शरीरमा गर्मि हुन्थ्यो त्यसैले दहीमा चिनी मिसाएर खाँदा शरीर शितल हुने तथा उर्जा रहिहने गथ्र्याे ।

– प्रवेशद्धारमा कागती ,र खुर्सानी झुन्ड्याने मान्यता

“कुदृष्टिबाट घरपरिवार बचाउन ढोकामा कागती र खुर्सानी झुन्ड्याउने चलन छ । यसको पछाडी पनि वैज्ञानिक कारण छ । यसरी प्रवेशद्धारमा कागती र खुर्सानी झुण्डाउँदा त्यसमा भएको साइट्रिक एसिडले ब्याक्टेरियालाई नष्ट गर्छन् । र परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host