“माओवादीबाट मैले निर्वाचन ,लड्ने होईन, माईक्रोबस चढ्ने टिकट, चाहि पाउँछुः लेखनाथ न्यौपाने”

“काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपालेले आफुले टिकट पाउँने तर त्यो टिकट निर्वाचनको, बेला भोट हाल्ने गोरखा जादा चढ्ने माईक्रोबसको टिकट हुने भन्दै आफ्नै पार्टीका शिर्ष नेताहरुको व्यङग्यात्कम आलोचना गरेका छन् । तर यहि प्रणालीमा आफुले निर्वाचन लड्ने टिकट पाउँनुको धेरै अर्थ नभएको बताए ।”

“अहिलेको प्रणालीमा टिकटको लागि मारामार हुने, चुनाव जित्नका निम्ति बोराका बोरा पैंसा खर्च गर्नुपर्ने र वैशाखमा भएको स्थानिय निर्वाचनमा ,माओवादी केन्द्रले गोरखामा धेरै जितेको हुनाले निर्वाचन लडेपछि जितिन्छ कि क्यो हो ? भन्ने ग्रन्थीका कारणले गर्दा टिकट पाउँनु सजिलो कुरा नभएको टिप्पणी गरेका छन् । अहिले सम्म आफुलाई के गर्ने भनेर पार्टीका ,शिर्ष नेताहरुले एक पटक समेत नसोधेको उनको गुनासो छ । र चुनावमा कसरी टिकट बाँडिन्छ भन्ने कुरा समेत आफुले थाहा नपाउँने गरेको बताए ।

“ग्यालेक्सी फोरके टिभीको कार्यक्रम ‘जिबेट’मा पत्रकार निमेष बन्जाडेले अबको निर्वाचनमा तपाई टिकटको दाबेदार हो कि होइन ? त्यो जान्न मल लाग्यो भन्ने प्रश्नमा उनले भने– ‘‘म चाहि अब दुई वटा कुरा, व्यक्तिगत आफु र समकक्षी ,साथी कोहीको पनि, व्यक्तिगत टिप्पणी गर्न नरुचाउने मान्छे, त्यसको धेरै अर्थपनि हुदैन ।

“यो प्रणालीमा लेखनाथले टिकट पाउनु नपाउनुको धेरै मूल्य छैन्, धेरै अर्थ छैन्, मूल्य पनि नभनौं, अर्थ छैन् । मैले नपाउँदा म जस्तै अर्को साथीले पाउँला, म त्यसको पनि धेरै अर्थ देख्दिन । तर टिकट चाही मैले पाउँछु भोट हाल्ने दिनमा, सायद माईक्रोबसको ,टिकट मैले पाउँछु । त्यहाँ भन्दा बढि अहिलेको प्रणालीमा, यहाँभित्र हुने टिकटका निम्ति मारामार, त्यसपछि चुनावका निम्ति खर्च गर्नुपर्ने बोराका पैंसा, अझ हाम्रो गोरखामा त अहिले स्थानिय तहमा माओवादीले धेरै जितेको हुनाले अब जितिन्छ क्या हो ? चुनाव लडेपछि भन्ने चाही नि ग्रन्थी होइन ? यो कारणले चाही यो सजिलो कुरो होइन ।

“पार्टीबाट टिकट पाउने आशा चाही छैन् ? भन्ने पत्रकारको प्रश्नमा उनले थपे– ‘यो पनि म यसो भन्छ, पार्टीले अब त्यो निर्णय गर्ला, अब पार्टीको संस्थागत निर्णय हुन्छ भनेर विश्वास गर्नु पर्यो रुपका, हिसाबले सारका हिसाबले जे भनेपनि विश्वास गर्नुपर्यो । तर मेरो अनुभवमा, मेरो तितो अनुभव के छ भने, अहिले सम्म यति धेरे निर्वाचन भए पछिल्लो समय पछाडि पनि त के गर्छस् ? भनेर मलाई अहिले सम्म एउटा नेताले पनि सोधेको छैन् ।”

“पछिल्लो २०७४ को चुनावमा काठमाडौं जिल्लाको इन्चार्जको रुपमा थिए । यहाँ वामगठबन्धन थियो त्यतिबेला माओवादीबाट को चुनाव लड्ने ? तेरो स्थिति के हो चुनाव लड्ने ? चुनाव लड्दा के गर्ने ? चुनाव नलड्दा के गर्ने ? चुनाव लड्दा कहाँबाट लड्ने ? भन्ने विषय वस्तुमा कुनै नेताले मसँग, छलफल गर्नु भएन । त्यो भन्दा ‘जस्ट’ अगाडी समानुपातिकका निम्ति ‘डकुमेन्ट’ बुझाउनु पर्यो तैले भन्थे, म जस्तो मान्छेका निम्ति समानुपातिक बनेको होइन, त्यस कारण ‘डकुमेन्ट’ बुझाउदिन भनेर मैले ‘डकुमेन्ट’ नबुझाको मेरो यति अनुभव छ । यो हिसाबले हेर्ने हो भने त्यो पनि फेरि पार्टी भित्र काम गर्ने सस्कृतिकै कुरा आउँछ त्यसमा ।”

“टिकट कहाँबाट बाँडिन्छ ? छलफल गरेर बाँड्ने होइन र ? भन्ने प्रश्नमा उनले भने– ‘‘त्यो पनि थाहा छैन् मलाई । म अल्लि सानो मान्छे परे, यो सानो मान्छेलाई यस्ता ठुला कुरा सोधिदिएर ,अफ्ठ्यारो हुन्छ । यो ठुल–ठुल्लाले गर्ने कुरो हो नि यो त । टिकट दिने कुरो, सांसद हुने कुरो, मन्त्री र प्रधानमन्त्री हुने कुरो हामी जस्ता मान्छेको जिम्मामा आयो भने त यो त बिचित्र हुन्छ नि । म जस्ता थुप्रै मान्छेले थाहा पाउँदैनन् ।”

“थाहा चाही कस्लाई हुन्छ ? त्यो पनि मलाई धेरै थाहा छैन्, किन भने मैले अघि भने, मैले ‘ओभरअल’ हाम्रो पार्टीको मात्र कुरा गरेको होइन, ‘ओभरअल’ राजनीतिमा संस्थागत काम, संस्थागत निर्णय, संस्थागत परिचालन असाध्यै न्यून छ । एकदमै न्यून छ । न्यून छ भनिसकेपछि, व्यक्ति विषेशका चाहि, आग्रह पूर्वाग्रहहरु निर्णय प्रक्रियामा प्रभावित हुन्छन, अथवा निर्णयाअर्थ सार्वजनिक हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host