“एउटा स्वतन्त्रले, एकछिन मनोरञ्जन, गर्दैमा देशको उन्नति हुँदैनः ओली”

“काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब, स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् ।”

“एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले, छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए ।”

‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ ओलीले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका, मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’

“सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ओलीले भने, ‘सरकारमा पुगेपछि ,कसको सोच कसले मान्ने रु हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ।’

“दुनियाँका मान्छे सबै पागल भएर दलीय सिस्टम आएको हो र ? भन्ने प्रश्न गर्दै ओलीले भने ‘मेचीदेखि महाकालीसम्मको मान्छे एउटा, कार्यक्रम र एउटा उद्देश्यमा चलेन भने राष्ट्र निर्माण कसरी हुन्छ ?’

“देश बनाउन फरक फरक सोच भएका व्यक्ति नभई एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु ,एक हुनु पर्ने ओलीको भनाइ छ ।”

“कांग्रेस माओवादी बहुत खतरनाक, तत्व हुन्, जे पनि गर्न सक्छन्”

“ओलीले नेपाली काँग्रेस र नेकपा, माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको, आरोप लगाएका छन् ।”

“कांग्रेस-माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए । ‘कांग्रेस-माओवादीले ,जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’

“अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको, संज्ञा दिए । उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’

“अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने उनको तर्क थियो । ‘अहिले दास क्यापिटल ,नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ उनले भने ।”

“चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । ‘मतदातालाई अरुले दिगभ्रमित, बनाउन नसकून् । भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौं,’ उनले भने, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने ।’

“अध्यक्ष ओलीले गठबन्धनले आँखामा मोतीविन्दू हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन आग्रह गर्दै भने, ‘उनीहरुको आँखाबाट भ्रमको ,मोतीविन्दू मुक्त गर्नुपर्छ ।’

“उनले स्वतन्त्र उम्मेदवारले सबै काम गर्न सक्छ भन्ने भ्रम छर्न खोजिएको, टिप्पणी गरे । ‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरे ।

“स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने उनको तर्क थियो । उनले भने, ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले ,एकरूपतामा कसरी काम गर्छन् रु स्वतन्त्रले उत्पात गर्छ भनेर ह्वीम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host