भालुको आक्रमणबाट महिला घाइते

बैतडी, २२ फागुन (रासस): बैतडीमा भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी एक महिलाको बैतडीमा उपचार हुन नसक्दा धनगढी पठाइएको छ ।

भालुको आक्रमणबाट गम्भीर घाइते दशरथचन्द नगरपालिका–४ की शारदा पाण्डेयको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको जिल्ला अस्पतालले जनाएको छ ।

बाख्रा चराउन गएका बेला शारदालाई स्थानीय डाँडाईजर जंगलमा आज अपराह्न भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host