स्व. प्रसिद्धको स्मृतिमा अक्षयकोष स्थापना

काठमाडौँ, २३ चैत (रासस) : नेपाल सहभागी कार्यसमूह(नेपान) का अध्यक्ष चेतनाथ कणेंलले आफ्ना प्रथम सुपुत्र स्व. प्रसिद्ध कणेलको स्मृतिमा सहभागीमूलक विकास प्रवद्र्धन लेखक राष्ट्रिय सम्मानका लागि रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सो कोषबाट हरेक वर्ष नेपानबाट एकजना विकासकर्मी लेखकलाई रु. १० हजार राशि र सम्मानपत्रसहितको पुरस्कार प्रदान गरिने आज यहाँ आयोजित नेपानको २३ औं वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । सोही रकमको व्याजबाट हरेक वर्ष सो सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने अध्यक्ष एवम् समाजसेवी कणेंलले बताउनुभयो ।
यसैबीच गुल्मी रुपाकोट घर भई हाल लन्डन बसोबास गर्ने नेपानका शुभचिन्तक गोकुल भण्डारी तथा श्रीमती विन्दु भण्डारीले आफ्ना भान्जा स्व. प्रसिद्ध कँडेलको स्मृतिमा नेपान अक्षय कोषमा रहने गरी रु. १५ हजार नगद प्रदान गर्नुभएको छ ।
नेपालको विकास प्रक्रियामा नेपानले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ र सदस्यहरुको दान तथा चन्दाबाटै आफ्नो निजी भवन निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host