“”हल्लियो काठमाडौं “नुवाकोटको बेल्कोटगढी, केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प,

काठमाडौँ ;-शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।,

“भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो। यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।,

“त्यस्तै गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहने केन्द्रले जनाएको छ ।

अन्य समाचार :–बुढा नेताबाट अब देश बन्दैन, राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाएर देश बनाउछ,

“काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउँदो प्रतिनिधीसभाको निर्वाचनमै आफ्नो पार्टीले बहुमत ल्याएर सरकार चलाउने उद्घोष गरेपछि तरंग पैदा भएको हो । लामिछानेले यो चुनावमा बहुमत मात्रै र अर्को चुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ मत ल्याउँने दाबी गरेका छन् ।

बुढा नेताबाट अब देश नबन्ने भन्दै लामिछानेले युवाहरु एक जुट भएर बुढाहरुलाई बिदा गर्नुको विकल्प नभएको भनेका छन्। लामिछानेले देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका छन्। आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अन्याय र बेथितिविरुद्ध जहिले पनि बोलि रहने बताए। उनले भने, ‘जनताका समस्या समाधानका लागि लाग्ने पार्टीको संकल्प छ। संकल्पअनुरूप कार्य गर्न कटिवद्ध छु।’

सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वतन गर्ने उनले बताए । ‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने, जनतालाई अब जवाफ होइन समाधान दिन्छौँ’ उनको भनाइ छ ।आफुबाट देशलाई बिग्रार्ने काम नहुने दाबी गर्दै उनले बेथिति रोक्दै जनताको अवस्था परिर्वतन गर्ने बताए।

‘अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर हजारौँ युवाका लागि बोलेनन् ‘उनले भने, ‘हामी सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँछु।’ लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाई को बहुमत ल्याउने अपेक्षा राखेको बताए। उनले भने, ‘केही नेताले सिङ्गो जिवन देश दोहनमै खर्चिए। पिण्डखाने उमेरमा केही नेता राष्ट्रपती बनाईदिएहुन्थ्यो, भन्दै हिडेका छन, अब देश विकासको ठेक्का नलिनुहोस, घरमै बसेर गमलामा पानी हाल्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host