“एउटा स्वतन्त्रले एकछिन ,मनोरञ्जन गर्दैमा देशको उन्नति हुँदैन: एमाले अध्यक्ष ओलि,

काठमाडौं :-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् ।

“एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए ।”

‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ ओलीले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’

“सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ओलीले भने, ‘सरकारमा पुगेपछि कसको सोच कसले मान्ने ? हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ।’”

“ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् ।

‘अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ । देशको आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो,’उनले भने,’ राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढाउनुपर्नेछ ।’ अध्यक्ष ओलीले राज्य लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए।

“ओलीले भने, ‘उपयुक्त सरकार बनाउनुपर्छ । त्यसले मात्रै देश आधुनिकीकरणतर्फ उन्मुख हुन्छ । बहुसंख्यक जनताको साथ र समर्थक पाउनुपर्छ । कम्तिमा हामीलाई दुई तिहाइ बहुमत चाहिने हो । तर सम्भावना कम छ।’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host