“स्वतन्त्रले चुनाव जित्न, संसारका सबै, मानिस पागल हुनुपर्छ : ओली”

“स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ , दलीय प्रणाली विना देश अगाडी बढ्दैन ।काठमाडौं २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताएका छन् ।,

“दुवै दल एकदम खतरनाक भएको भन्दै उनले निरन्तर निगरानी गर्नुपर्ने बताएका हुन् ।शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीले जे पनि गर्न सक्ने भन्दै उनीहरुको निरन्तर निगरानी गर्नुपर्ने बताए ।,

“लाज सरम नभएको गठवन्धनले जे पनि गर्न सक्ने भन्दै आलोचना गरेका उनले भने, ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ ।

“गठबन्धनले आँखामा मोतीविन्दू हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन भन्दै ओलीले उनीहरुको आँखाबाट भ्रमको मोतीविन्दू मुक्त गर्नुपर्ने बताए । सम्बोधनमा उनले चुनाव स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल हुनुपर्ने भन्दै दलीय प्रणाली आवश्यक रहेको बताए ।

‘स्वतन्त्रले जित्न संसारका, सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ? उनले प्रश्न गरे ।’

“स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने दावी गरेका उनले फरक फरक सोच भएका स्वतन्त्रहरुले कसरी एकरूपतामा काम गर्न सक्छन् भन्दै ओलीले प्रश्न गरे ।

“उनले भने, ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले एकरूपतामा कसरी काम गर्छन् ? स्वतन्त्रले उत्पात गर्छ भनेर ह्वीम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host