“मंसिरको निर्वाचनपछि, माओवादी केन्द्र  मुलुक को पहिलो शक्ति :- अध्यक्ष सिंह !!

पोखरा । अखिल(क्रान्तिकारी)अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि नेकपा माओवादी केन्द्र मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।”

“अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्ने क्रममा माओवादी केन्द्र को केन्द्रीय कमिटी सदस्यसमेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन् ।”

“मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहले दावि गरिन् ।”

“तीन महिने अभियान सञ्चालन गरेको अखिल(क्रान्तिकारी)ले सुदूरपश्चिम, लुम्बिनी, कर्णालीसहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र वाग्मती प्रदेश र मधेस प्रदेशका भेला र कार्यक्रमहरु साउन महिनाभित्र सम्पन्न हुने अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी र्दिए ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host