“जो ३२ वर्षकै उमेरमा सहसचिव भए ,

“बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्रांकित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः कान्छा सहसचिव हुन् ।”

“उनले ०६९ मा रेन्जर (नासुसरह)बाट निजामती सेवा प्रवेश गरेका थिए । ३२ वर्षमै सहसचिव बन्न सफल अर्का युवा हुन्, पर्वतका प्रदीप परियार । ०६९ मा नासुबाट सेवामा प्रवेश गरेका उनले गत चैतमा सहसचिवमा नाम निकालेका हुन् । “

“गणेश पौडेल  :-अध्ययनको नियमितता, विषयवस्तुको गहिराइमा पुग्ने प्रयास र जिम्मेवारीप्रतिको प्रतिबद्धता महत्वपूर्ण कुरा हुन् । यी पक्षमा ध्यान दिन्छु । कामको अनुभव पनि आफैँमा ज्ञान हो । सुरुमा अध्ययन महत्वपूर्ण हुन्छ, पछि कामबाट सिक्ने कुरा महत्वपूर्ण हुन्छ । फिल्डदेखि विभाग र मन्त्रालयमा खटेर गरेका कामले धेरै कुरा सिकाउँछ । मेरो हकमा यिनै पक्षले भूमिका खेले ।

“प्रदीप परियार :- निजामती ऐनको खुला प्रतिस्पर्धासम्बन्धी व्यवस्थाका कारण पनि सहसचिव भएको हुँ । भलै, प्रतिस्पर्धामा सफल हुन मिहिनेत त चाहिन्छ नै । आफूले तय गरेको लक्ष्यमा निरन्तर लाग्ने, धैर्य र समर्पण पनि उत्तिकै आवश्यक छ । मेरो हकमा यी सबै पक्ष लागू हुन्छ । ,

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host