“रवाण्डा बिश्वको इतिहासमा कालो धब्बा पोतिएको देश ( १०० दिनमा ८ लाखको ह’त्या र ५ लाखको ब’ला’त्कार,अहिले कसरी बिकास भयो?

“अफ्रीकाको स्वर्ग भनेर चिनिने रवण्डामा दुई समुदायको मान्छेहरु बसोबास गर्छन् १. हुतु, २. तुत्सी । यिनिहरु दुबै समुदायको रंङ पनि कालो, भाषा पनि एकै, दुबै आदिवासी, धर्मसस्कार पनि एकै, यी दुई समुदायलाई छुट्याउने एउटै मात्रै कुरा थियो त्यो हो यिनिहरुको पेशा । एउटा समुदायले खेती गर्थ्यो भने अर्को समुदायले पशुपालन, खेती गर्ने समुदायलाई हुतु भनियो भने पशुपालन गर्ने समुदायलाई तुत्सी, पशुपालन गर्ने समुदायको तुलनामा खेती गर्ने समुदाय धेरै थिए फलस्वरूप तुत्सी भन्दा हुतुको जनसंख्या धेरै थियो । खेती किसानी र पशुपालनमा रमाइ रहेका यी आदिवासीको नेतृत्व भने तुत्सी समुदायको राजाले गर्ने गर्थे ।”

“अफ्रीकाको स्वर्ग मानिने यो देशमा यी आदिबासीका आफ्नै धर्मसस्कार थिए, कृषि उत्पादन क्षमता अति रहेको रवाण्डाको भुमिमा सन् १९१६ मा बेल्जियम क्याथोलिक चर्चका पादरीहरु छिरे, यी पादरीहरुले बिस्तारै सत्तामा रहेका तुत्सीहरुलाई आफ्नो हातमा लिदै धर्मान्तर गराउन थाले, आफ्नै धर्मसस्कार भएका आदिबासीहरु बिस्तारै क्रीस्चियन बन्न थाले भने तिनै पादरीहरुले तुत्सी समुदायलाई तिमीहरू हुतु भन्दा उत्कृष्ट हौ भन्दै उकासेर परिचयपत्र बनाउन लगाउदै राष्ट्रिय परिचय पत्र मै तुत्सी र हुतु शब्द लेख्न लगाएर जातको निर्धारण गर्दिए ( जसरी भारतमा हिन्दु समुदायलाई फुट गराउन इस्ट इण्डिया कम्पनीले सर्वप्रथम दलित शब्दको आविष्कार गरि परिचयपत्र बितरण गरेका थिए, जुन शब्दलाई अम्बेडकरले भारतको संविधान मै राखेर कानुनी मान्यता दिए, जसरी अहिले नेपालमा संविधान मै दलित शब्दलाई कानुनी मान्यता दिएर राखिएको छ, विभिन्न जात समुदायको खस, आर्य, जनजाति, मधेसी भनेर राखिएको छ ) ।

“यसरी दुई पेशा गरेर बसेका एकै आदिवासीलाई दुई जातमा वर्गीकरण गर्दिए भने हुतु भन्दा तुत्सी उत्कृष्ट जाती भन्दै कानुन नै बनाइदिए । बेल्जियम पादरीहरुको रवाण्डा पस्नुको उदेश्य धर्मान्तर मात्रै थिएन रवाण्डाको उर्वर भुमिमा कफि र चिया खेती गर्न लगाएर  बेल्जियम लैजानु पनि थियो फलस्वरूप हुतु समुदायलाई कफि र चिया खेती गर्न अनिवार्य गराइयो भने उत्पादनको ८०% भाग बेल्जियमका पादरीहरुले विभिन्न करको नाममा लिएर जान थाले । एक त आफ्नो बहुसंख्यक समुदायलाई दोस्रो दर्जाको नागरिकको उपाधी दोस्रो आफुले गरेको उत्पादनको अधिकांश भाग आफुले भोग गर्न नपाउने ।

“हुतु समुदाय भित्रभित्रै तुत्सी समुदाय प्रति रुष्ट भयो भने उनिहरु संगठित हुँदै गुरिल्ला फौज बनाउन थाले । हुतु समुदायको गुरिल्ला फौजलाई दबाउनको निम्ति बेल्जियमका पादरीहरुले तुत्सी समुदायलाई सहयोग गर्न थाले तर राजाको रुपमा रहेका तुत्सी समुदायका राजाले बिस्तारै बेल्जियमका पादरीहरुको षड्यन्त्र बुझ्न थाले त्यसैले उनिहरुले ती पादरीहरुलाई बेवास्ता गर्दै कर स्वरुप बेल्जियम भित्रीने उत्पादनमा करको मात्रा कम गर्दै गए । जब तुत्सी समुदाय आफू विरुद्ध लागेको पादरीहरुलाई थाहा भयो तब पादरीहरु हुतु समुदायलाई उचाल्न थाले, तिमीहरू बहुसंख्यक समुदाय तर राज उनिहरुले गर्ने, तिमीहरू उत्पादन गर्ने उनिहरुले बसीबसी खाने आदि इत्यादि ।

“पादरीहरुले हुतु समुदायको साथ दिन थालेपछि त्यहाँ राजा विरुद्ध आन्दोलन भयो, राजाको सैनिक र हुतु गुरिल्ला बीच लडाइँ हुन थाल्यो, मान्छे मारिन थाले अन्तिममा सन् १९६२ मा त्यहाँका राजाले Kigeli V Ndahindurwa ले राजीनामा दिए । राजाले राजीनामा दिएपछि रवाण्डामा गणतन्त्र आयो भने हुतु समुदायका ब्यक्ति राष्ट्रपति बने भने राजाको सैनिकलाई पुर्ण रुपमा हटाएर हुतु गुरिल्लाहरुलाई सैनिकको रुपमा रुपान्तरण गरियो ।”

“हुतु सत्तामा आएपछि पादरीहरुले हुतु समुदायलाई उकास्यो र तुत्सी समुदायलाई छानीछानी मार्न लगायो, लाखौ तुत्सी भागेर युगाण्डा, बुरुणडी जस्ता देशमा गएर शरणार्थीको जीवन बिताउन थाले भने ती शरणार्थी जीवन बिताएका तुत्सी समुदायलाई अमेरिकाले उकासेर हतियार बेच्दै युगाण्डा, बुरुण्डी जस्ता देशमा तालिम दिन थाल्यो, यस बिचमा हुतु समुदायले रवाण्डामा भएका तुत्सीलाई मार्न भने छाडेन । सन् १९९० मा तुत्सी समुदायको एक टुकुडी रवाण्डा युगाण्डाबाट हुतुको अत्याचार विरुद्ध लड्न भनेर रवाण्डा छिर्यो, त्यसपछि दुई समुदायको सेना र गुरिल्ला बीच लडाइँ हुन थाल्यो, यसक्रममा शान्तिको लागि भन्दै संयुक्त राष्ट्रसंघको सेना छिर्यो, अमेरिकन सेना छिर्यो, अन्त्यमा १९९३ मा हुतु र तुत्सी बीच शान्ति सम्झौता भयो, शान्ति सम्झौता भएपनी हुतु समुदायले यसको पालना गरेको थिएन ।

“यसैबीच सन् १९९४ अप्रील ६ को दिन बुरुण्डीको राष्ट्रपति र रवाण्डाको राष्ट्रपति जुभेनल हाब्यारिमाना चडेको बिमानमा मिसाइल हानेर हत्या गरियो, आजसम्म त्यो मिसाइल कसले हान्यो भन्ने थाहा छैन, केहिले भन्छन् हुतु समुदायले नै हानेको थियो, केहिले भन्छन् तुत्सी समुदायले हानेको थियो भने केही भन्छन् हुतु र तुत्सी समुदाय बीच फाटो ल्याइदिएर फाइदा लिइरहेको क्याथोलिक पादरीहरुले हानेका थिए । खैर राष्ट्रपतिको हत्यापछि भने हुतु समुदायका सेनाहरुले तुत्सी समुदायलाई जहाँ भेट्यो त्यही मार्नु भन्ने आदेश दियो त्यसपछि सुरु भयो बिश्वको सबैभन्दा ठुलो नरसंहार, त्यो नरसंहारलाई क्याथोलिक चर्चका पादरी, संयुक्त राष्ट्रसंघ, अमेरिका, फ्रान्स सबैले साथ दिए । ७ अप्रील १९९४ बाट सुरु भएको त्यो नरसंहार १५ जुलाई १९९४ मा आएर सकियो ।

“यो १०० दिनमा ८ लाख तुत्सीहरुलाई गोलि ठोकेर, काटेर जिउँदै जलाएर मारियो भने ५ लाख तुत्सी महिलाहरुको सामुहिक बलात्कार गर्यो, ज्यान बचाउन चर्चमा गएका हजारौं तुत्सीहरुलाई पादरीहरुले नै जिउँदै जलाए, काटेर मारे । यस्तो बीभत्स अपराध हुँदा पनि संयुक्त राष्ट्र संघको सेना, अमेरिकी सेना मुखदर्शक भएर रमिता मात्रै हेरिरह्यो, मानवअधिकारबादीहरु चुइक्क बोलेनन् । संसारभर संयुक्त राष्ट्रसंघको, अमेरिकाको, मानवअधिकारबादीहरुको चर्को आलोचना भएपछि अन्त्यमा संयुक्त राष्ट्र संघले हस्तक्षेप गर्दै १५ जुलाई १९९४ मा यो नरसंहारको अन्त्य भयो । यो बीभत्स नरसंहार पछि हुतु समुदायलाई सत्ताबाट च्युत गरियो र तुत्सी समुदायका Pasteur Bizimungu लाई राष्ट्रपति बनाइयो ।

“उनी राष्ट्रपति भएपछि सर्वप्रथम राष्ट्रिय परिचय पत्रमा लेखिएको हुतु र तुत्सी भन्ने शब्दको खारेज गर्दिए ।” अहिले रवण्डाको राष्ट्रपति तुत्सी समुदाय कै पौल कागामे छन्, ध्वस्त भएको रवाण्डालाई उनले बिकासको चरम उचाइमा पुर्याएका छन् । रवाण्डा अहिले अफ्रीका कै सबैभन्दा शान्त र सुरक्षीत देश मानिन्छ…. यसरी पादरीहरुले मिलेर बसेका एउटै भाषा भएका, एउटै रङ र एउटै धर्मसस्कार भएका तुत्सी र हुतुलाइ फाटो ल्याइदिएर ध्वस्त भएको रवण्डा अहिले बिकास र अर्थतन्त्रको चरम बिन्दुमा छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host