“समिरले चलाएको बोलेरोलाई, रोक्न खोज्दा, नरोकेपछि पिछा गर्दै जाँदा…”

“कैलाली : गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित ,बन्यजन्तु बाघको १ थान छाला र करिब २ किलोग्राम  सहित चार जनालाई, गएराति प्रहरीले “पक्राउ, गरेको छ ।

“पक्राउ, पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर ओली, कैलाली चुरे, गाउपालिका-६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ बस्ने राजेन्द्र सिंह भण्डारी रहेका छन् ।

“अवैध किसिमको बाघको छला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका ,प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले बुडरबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०४-००१ च ०००६ नम्बरको बोलेरोलाई, रोक्न खोज्दा नरोकेपछि समिर ओलीले चलाएको उक्त बोलेरोको पिछा गर्दै जाँदा बोलेरोको सिटमा लुकाई ल्याएको, उक्त छाला र हड्डीहरू फेला पारी प्रहरीले उनीहरूलाई “पक्राउ, गरेको हो ।

“समिरले बुडरबाट बोलेरो जिप चलाई ल्याई फल्टुडेमा बाघको छाला र हड्डी सहित टेक बहादुर र धिरेन्द्रले उक्त सवारी साधन प्रयोग गरी राजेन्द्र सिंह, समेतको मिलेमतोमा अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले उनीहरूले ओसारपसार गरेको प्रारम्भिक, अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरूलाई जिल्ला वन कार्यालय कैलालीमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host