“झापा ३ मा सिङ्गै गाउँ, राप्रपामा, उर्लिए पछि …”

“झापाको भद्रपुर नगरपालिकाबाट उच्च संख्यामा स्थानियहरु राप्रपा ,प्रवेश गरेका छन्। केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा ,सम्पन्न पार्टी प्रवेश कार्यक्रममा वडा न ८ बाट करिव २०० जना स्थानियहरु विभिन्न पार्टी तथा ,आफ्नो स्वतन्त्र हैसियत परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्।”

“अन्य पार्टीले देश विगारेर भष्ट्रचारमा लिप्त भएको भन्दै पार्टी परित्याग गरी ,राप्रपामा ,प्रवेश गरेका बताइएको छ। राप्रपा भष्ट्रचार विरोधी भएकोले पार्टीको गतिविधि मन परेर सदस्यता लिएको उनीहरुले जनाएका छन् ।”

“शुक्रबार विहान मात्र भद्रपुर ८ मा आयोजित पार्टी प्रवेशको कार्यक्रममा, अध्यक्ष लिङ्देनबाट २ सय भन्दा बढी नागरिकले पार्टीको सदस्यता लिएका थिए । विशेष गरी एमाले र काँङ्ग्रेमा लामो समयसम्म आवद्ध रहेका नागरिकले पार्टी परित्याग गरी, राप्रपाको सदस्यता लिएका थिए । अध्यक्ष लिङ्देन, केन्द्रीय सदस्य नवराज पनेरु(राजु) लगायतले सदस्यता वितरण गर्दै स्वागत गरेका थिए । पार्टीका वडा नम्बर ८ का अध्यक्ष अम्बीका पोखरेलको सभापतित्व तथा अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ,जिल्ला तथा स्थानीय नेताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।”

“पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य नवराज पनेरु (राजु), झापा जिल्ला, अध्यक्ष केशब प्रसाद ओझा, सचीव अभिसेख ढुंगाना लगायतका, नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।”

“पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेश गर्नेको लहर चलेको छ ।यता निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन मिति, तोकिएसँगै ,राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको गतिविधि तीब्र बनाएको छ । अध्यक्ष राजेन्द्र, लिङ्देनले संघ र प्रदेशको निर्बाचनका लागि पार्टीले झापाबाट तयारी तीब्र पारेको बताएका छन् ।”

“झापा क्षेत्र नम्वर –३ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने लक्ष्यकासाथ अध्यक्ष लिङ्देनले जिल्लामा चुनावी गतिविधि ,शुरु गरेका हुन् । केही दिन यता देखी गृहजिल्ला रहेका लिङ्देन पार्टीको सदस्यता वितरणमा व्यस्त देखिएका छन् ।”

“समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले सङ्घ र प्रदेशको निर्बाचनका लागि विभिन्न” अनुभव सङ्गालेका थुप्रै सम्भावित व्यक्तिहरु रहेको र उनीहरुलाई निर्वाचनका, लागि तयारी अवस्थामा राखिएको बताएका छन् ।”

“आफ्ना देवीदेवता भनेकै झापा क्षेत्र नम्वर ३ का मतदाता भएकोले देवीदेउता छाडेर अन्त नजाने उनले बताए । एमाले र माओवादी केन्द्रसंँग ,अघिल्लो निर्वाचनमा गठबन्धन, गर्दै निर्वाचन जितेका लिङ्देनले यस पटक पनि गठबन्धनबाटै निर्वाचन जित्ने संकेत गरेका छन् ।”

“झापा ३ बाट नेपाली काँङ्ग्रेसका, नेता कृष्णप्रसाद सिटौला र एमालेबाट दुर्गाप्रसाद ,प्रसाईँ चुनाव लड्ने तयारी गरिरहेको बुझिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host