“साइकल ,खरिदमा भ्रष्टाचार – नैतिक सङ्कटमा, मधेसका मुख्यमन्त्री”

“जनकपुरधाम । आफैँले घोषणा गरेको कार्यक्रममार्फत वितरण भएका साइकल खरिदका क्रममा १० करोडभन्दा बढी भ्रष्टाचार भएको ,दाबीसहित अदालतमा मुद्दा दायर भएपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नैतिक सङ्कटमा फसेका छन्।”

“प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै राउतको सक्रियतमा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत छात्राका लागि खरिद गरिएका, साइकलमा अनियमितता भएको अभियोगमा उनको कार्यालयका सचिवसहितका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग, अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।”

“चुनाव घोषणा भएलगत्तै विपक्षी दलहरूले यो भ्रष्टाचार प्रकरणमा मुख्यमन्त्री राउतको समेत संलग्नतालाई लिएर चुनावी एजेन्डा बनाएका छन्। आगामी निर्वाचनमा पनि वर्तमान सत्ता गठबन्धनले ,निरन्तरता पाउने सकारात्मक सङ्केतहरू देखिँदै गर्दा गठबन्धनको १ घटक जनता समाजवादी पार्टी (जसपा) लाई यो भ्रष्टाचार प्रकरणले चुनौती थपिएको छ।”

“प्रमुख प्रतिपक्षी पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री कार्यालयका अधिकांश कर्मचारी ,साइकल खरिद प्रकरणमा मुछिएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँछन् ।”

‘अख्तियारको बर्दिबास कार्यालयले छापा मारेपछि पहिलो चरणमा भ्रष्टाचार भएको सार्वजनिक अभिव्यक्ति दिएलगत्तै मैले मुख्यमन्त्रीजीलाई ,मार्गप्रशस्त गर्न सदनमै आग्रह गरेको थिएँ,’ सोनलले भने, ‘साइकल खरिदमा अनियमतिता भएको ठहरसहित मुद्दा दर्ता भइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनु नै उचित हुन्छ।’

“सत्तासीन दलका प्रदेशसभा सदस्यहरूले समेत राउतको राजीनामा मागेका छन्। नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले, मुख्यमन्त्रीलाई जानकारी नै नदिई कुनै काम हुनै नसक्ने भन्दै आफ्नो संलग्नता स्वीकार गर्न राउतलाई आग्रह गरेका छन्।

‘मुख्यमन्त्री जस्तो पदमा बस्नु उपयुक्त हो वा होइन उहाँ स्वयंले सोच्ने समय आएको छ। मातहतका कर्मचारीहरू भ्रष्टाचार गर्छन्। तर उहाँलाई थाहा छैन भनेर पत्याउन नसकिने भएकाले राजीनामा दिनुपर्छ,’ चौधरी भन्छन् । नेकपा एमालेका प्रदेशसभा ,सदस्य किशोरी साह कमल मुख्यमन्त्रीले राजीनामा दिँदा राम्रो सन्देश जाने बताउँछन् । ‘सत्तापक्षीय दल आफैँले लेखा समिति राखेर अनियमित कार्य गर्दै आएको छ । अब मुख्यमन्त्रीसँग नैतिकता छ भन्ने आधार नभएकाले राजीनामा दिनुपर्छ,’ उनको भनाइ छ ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान् झा, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । मधेस प्रदेश ,सरकारले बेटी पढाउ बेटी बचाउ अभियानअन्तर्गत २ चरणमा साइकल खरिद गरेको थियो । पहिलो चरणमा १० हजार र दोस्रो चरणमा १७ हजार साइकल खरिद गरेको थियो।

“१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छोडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको दाबी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसाल, सीडीई भगवान् झा, उपसचिव दिलीप प्रधान र सहलेखापाल राजाराम मण्डलविरुद्ध १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ।

“यसअघि अख्तियारको बर्दिबास कार्यालयले पहिलो चरणमा पनि भ्रष्टाचार भएको बताइसकेको छ । प्रारम्भिक चरणको अनुसन्धानमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा अनियमितता भएको देखिएको अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका तत्कालीन प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिएका थिए।

“उनले प्रारम्भिक अनुसन्धानका क्रममा अनियमितता भएको देखिएकाले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृतरूपमा अनुसन्धान ,थालेको बताएका थिए। प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत १३ असोजमा मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो।

“अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। मुख्यमन्त्री कार्यालयमा अख्तियारको ,बर्दिबास टोलीले छापा मारेपछि जसपाले सडक सङ्घर्ष गरेको थियो । मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध कडा अभिव्यक्ति दिएका थिए ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host