“व्यापार घाटा कम गर्न बन्द, उद्योग सञ्चालनमा, ल्याउनुपर्छ : मन्त्री बडू”
“दार्चुला : उद्योग वाणिज्य तथा आपूर्ति ,मन्त्री दिलेन्द्र प्रसाद बडूले हाल बन्द रहेका उद्योग कलकारखानाहरू पुनः सञ्चालनमा ल्याएर ,व्यापार घाटा घटाउनुपर्ने बताएका छना्।”
“शनिबार खाद्य व्यवस्था तथा व्यापार ,कम्पनी लिमिटेडको उद्घाटन गर्दै उनले सो कुरा ,बताएका हुन्। शनिबार उद्घाटन गरिएको उद्योग लामो समयदेखि बन्द थियो। “
‘उद्योग सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेर संसदमा लैजान्छौं। संसद्बाट कार्यविधि ,पास हुने वित्तिकै लागु गरि बन्द ,अवस्थामा रहेका उद्योगहरू सञ्चालन गर्छौ मन्त्रि बडूले भने।’
“उद्योगहरू सञ्चालन भएपश्चात सयौं बेरोजगार युवाहरूले रोजगारी पाउने तथा विदेशीनु पर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ। नेपालबाट, हाल छड, सिमेन्ट र विद्युत अन्य देशहरूमा निर्यात भइरहेको भन्दै उनले निजी क्षेत्रलाई ,प्रोत्साहन गरि उत्पादन बढाउन ,सरकार तयार रहेको बताए।”
“उनले निजी क्षेत्रका उद्योग र उत्पादन कम्पनीहरूलाई सरकारले ८ प्रतिशत अनुदान, दिइसकेको जानकारी गराए। मन्त्री बडूले उत्पादन बढाउन र निर्यात बढाउन निजी क्षेत्रका ,उद्योगीहरूलाई १५ प्रतिशतसम्म ,अनुदान दिने सरकारको तयारी रहेको बताए।”
“२०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुन:स्थापना गरिएको खाद्य व्यवस्था ,तथा व्यापार कम्पनीले जनाएको छ। कम्पनीका अनुसार खाद्य कार्यालय जिल्लामा, रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ।”