“नारीलाई कमजोर नठान् ,परेको बेला महाकाली ,भएर सर्वनाश गर्छे भन्दै समिक्षाले, कसलाई दिइन ,यस्तो चेतावनी ?

“गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर ,सोचेर उसको विश्वास र भावना । माथि खेल्यो भने उनले नारी शक्तिको, सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’

“उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली ,जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने चेतावनी समेत दिएकी छन् ।समीक्षा केही अगाडिसम्म पल शाहसँग अन्तरंग सम्बन्धको कारण चर्चा थिइन् ।

“मिडियाले पलसँग जोडेर उनका बिभिन्न समाचार बनाएका थिए । समाचारका कारण उनी मिडियाबाट भाग्नेदेखि टाढा रहनेसम्म गरेकी थिइन् । तर पलसँग जोडिएर आउने समाचार र गसिफ ,नरोकिएपछि उनले फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको जनाएकी थिइन् ।”

“सो समय उनले स्रोत र प्रमाण बिनाका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको समेत बताएकी थिइन् । उनको स्पष्टीकरण पछि पल र उनको बीच जोडिएर आउने समाचारमा पूर्णविराम ,लागेको थियो । अहिले उनले फेरि सार्वजनिक गरेको चेतावनी पूर्ण स्टाटसलाई बिभिन्न व्यक्तिले धेरै कोणबाट ,हेर्न थालेका छन् । उनले आफ्नो चेतावनी कसलाई हो भन्ने स्पष्ट खुलाएकी छैनन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host