“शेरबहादुर देउवाबाट, यो देश बन्दैन, अक्सफोर्ड पढेर उनीलाई हराउन सकिदैनः पुरञ्जन आचार्य,

“बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अक्सफोर्ड पढेर शेरबहादुर देउवालाई हराउन नसकिने बताएका छन् ।शेरबहादुर देउवाले पार्टी भित्र भएको कुनै पनि असहमतीलाई बदलाको भाव लिएर हिडेकोले अहिले केपी शर्मा ओली र एमालेको डरले शेरबहादुर देउवाले गठबन्धन गरेको बताएका छन् ।,

“सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्वाचन क्षेत्र डडेलधुराबाटै चुनाव लड्ने घोषणा गरेका छन् । उनी इन्जिनियर हुन् । बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका छन् ।

“पुरञ्जन आचार्यले भनेका छन्, ‘मलाई सबै भन्दा मन नपर्ने कुरा यो पढेर आएको यो जागिर छोडेर आएको, म अब चाहि नेपालमा राजनीति सुधार्न आएको छु, भन्नेहरुबाट यो सुध्रिने वाला छैन, केही पढनु पर्दैन ।

“म यति पढेर आएको छु । अब म राजनीतिमा लागे शेरबहादुरलाई हराउछु, भनेर भन्नु जस्तो मुर्खता केही होईन । शेरबहादुरलाई हराउन सकेकोलाई म धन्यवाद दिन्छु, किन भने उनीबाट यो देश बन्दैन ।

“नेपालमा राजनीति गर्न नेपालकै अर्थशास्त्र बुझेको मान्छे चाहिने हबर्ट र अक्सफोर्ड पढेर शेरबहादुर देउवालाई हराउन नसक्ने बरु नआएको भए हुने यो हुन नसक्ने कुरा भएको उनले बताए ।राजनीति गर्ने धेरै पढेको मान्छे नचाहिने बरु सागर ढकालले अक्सफोर्ड नपढि बरु मल पाइएन भनेर बरु आन्दोलनमा गए अक्सफोर्डको पीएचडी यहि हुने बताएका छन् ।

“राजनीति गर्न विदेशमा अक्सफोर्ड पढेर प्रधानमन्त्री नहुने जनताको समु गएर जनताको दुःखमा सडकमा गएर आन्दोलन गरेर साथ दिएको भए बरु जनताको साथ दिने राजनीति गर्न सजिलो हुने उनको भनाई छ ।शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुदा पनि केही काम नगरेको एक्लै चुनावमा जाने क्षमता नभएको र प्रचण्ड कम्युनिष्ट नभएको तानाशाह भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host