रबि लामिछानेको पार्टीले चुनावमा दिन सक्छ यस्तो धक्का, बन्न सक्छन देशको प्रधानमन्त्री अन्य दल हरुको सातो उडदै।।

“स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई पत्याएका आम मतदाताले संघीय चुनावमा मूलधारका पार्टीलाई कसरी विश्लेषण गर्लान् भन्ने आम चासो छ।अस्थिरता निम्त्याउने परम्परागत पार्टी र नेतादेखि वाक्क दिक्क भएका मतदाताले विकल्पलाई रोज्ने प्रावधान नहुँदा एमाले, कांग्रेस, माओवादी वा जसपालगायतका दललाई नै चुन्नुपर्ने बाध्यतामा थिए।”

“तर भुईँमान्छेको मुद्दा उठाएर लोकप्रिय बनेका व्यक्तिदेखि स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले दिएको धक्काका कारण यस पटकको आम चुनाव रोचक हुने प्रक्षेपण गरिएको छ।प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी सञ्चारकर्म त्यागेका रवि लामिछाने अहिले देश दौडाहामा छन्। उनको दौडाहामा देखिएको आम मानिसको लगाव र लोकप्रियताले आगामी चुनावमा धक्का दिने देखिएको छ।”

लामिछाने राजनीतिमा आउँदा स्वतन्त्र उम्मेदवार बन्ने अनुमान गरिए पनि समानुपातिक मतसमेतलाई खेर जान नदिनका लागि दल नै गठन गरी मैदानमा उत्रिएका थिए।यसले समानुपातिकतर्फ पनि रुष्ट मतसहित देशैभरी स्थानीय चुनावमा खसेका असन्तुष्ट मतसहित स्वतन्त्रको मतलाई समानुपातिकमा हिसाब गर्ने रणनीति लामिछानेले बनाएका छन्।

‘स्थानीय चुनावमा खसेको मतको मुल्यांकन गर्दा एमालेको लोकप्रिय र प्रतिबद्ध मत देखिएको छ। यस्तै कांग्रेसलाई पनि गठबन्धनका तर्फबाट ज्यादा मत खसेको देखियो।माओवादीको मत खस्किएको छ। अब यी दलसँग रुष्ट मत लामिछानेको पार्टीलाई खस्ने वा विकल्पमा उनको दल देखियो’, एक जना विश्लेषक भन्छन्,‘परोक्ष अनुरोधका आधारमा पनि लामिछानेको पार्टीले राम्रो मत पाउने संकेत देखिएको छ।’

दशौं लाख वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले यस पटकको चुनावमा लामिछानेको पार्टीलाई विकल्पका रुपमा मत दिनका लागि घरका सदस्यलाई भन्न थालेका छन्। यसैकारण पनि देश दौडाहामा रहेका लामिछाने हौसिएका छन्।‘लगातार हामीले यी पार्टीलाई हेरेका छौं, यस पटक सरकारको चाबी लामिछानेको पार्टीलाई दिनुपर्छ भन्ने धारणा बन्न थालेको छ’, एक सर्वसाधारण भन्छन्,‘होइन भने विकल्पमा स्वतन्त्र राम्रा उम्मेदवार र समानुपातिकमा लामिछानेको पार्टीलाई दिनुपर्छ भन्ने नै छ।’

परम्परागत राजनीतिक दलमा सत्ता गठबन्धन, डा. बाबुराम भट्टराईको पार्टी एकातिर मिलेर मैदानमा जाँदैछन् भने अर्कातिर एमालेसहित राप्रपा, राप्रपा नेपाल, लोसपालगायतको फरक गठबन्धन बन्ने छ।यस्तो अवस्थामा लामिछानेको स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार तथा हालै काठमाडौंमा भएको भेलाका सहभागीको हस्तक्षेपकारी मोर्चाबन्दी हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौंका विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकालाई लामिछानेको पार्टीले सघाउने र उक्त क्षेत्रमा समानुपातिक मतका लागि सहकार्य हुने सम्भावना पनि आँकलन गरिएको छ।यद्यपि, यो रणनीतिका विषयमा अहिले कसैले पनि खुलेर बोलेका छैनन्। काठमाडौं–१ मा पुकार बम, ५ मा रञ्जु दर्शना, ६ मा गायक सञ्जय श्रेष्ठलगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। अन्य क्षेत्रमा पनि यो क्रम बढ्न सक्ने बताइन्छ।

०६४ सालमा पनि परिवर्तन हुन्छ भनी कांग्रेस एमालेको मत प्रत्यक्षतर्फ माओवादीलाई गएको थियो। नेपाली मतदाता परिवर्तन चाहने स्वभावले नै देखिने भएकाले यस पटक प्रत्यक्षका मत लामिछानेको पार्टी र स्वतन्त्रलाई जाँदैन भन्ने छैन।

यदि त्यसो भयो भने मूलधारका राजनीतिक दलको हैसियत खुम्चिनेछ भने पूर्वप्रधानमन्त्रीहरूले चुनावमा पराजय भोग्नुपर्ने निश्चित देखिन्छ।‘राज्यसत्ताको दुरुपयोग भएन भने यसपटक हजुरबा उमेरका सबै नेताले पराजय भोग्नुपर्छ, भोग्न सक्छन्’, सर्वसाधारण भन्छन्,‘अब अति भयो, इनफ इज इनफ यसै भनिएको हैन।’ देश भरि उनको पार्टीले चुनाब जिते उनि प्रधानमन्त्री बन्नेछन ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host