“झाँक्री, किसान, आले : आफ्नै घर एमालेमा, फर्किन थाले”

“नेकपा (एमाले) फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउँन राम्रै भूमिका खेल्नुभएका तीन पात्र रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान आफ्नै घर नेकपा (एमाले) मा फर्किने लगभग निश्चित जस्तै भएको छ”

किसानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, झाँक्रीले सहरी विकास मन्त्री र आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पद गुमाएपछि पार्टी भित्र संघर्ष गरिरहनुभएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसँग उहाँहरुले दुरी ब/6″ढाइसक्नुभएको छ । ऋषि धमलाको एक टेलिभिजन कार्यक्रममा हिजो मात्र झाँक्रीले अध्यक्ष नेपालविरुद्ध चर्को अभिव्यक्ति दिनुभयो ।

“त्यसमा झाँक्रीलाई गलत देखाउँदै सम्पूर्ण पार्टी पंक्ति नै झाँक्रीविरुद्ध लागेको छ । झाँक्रीले रौटहटमा सरकारी प्रक्रिया नै नपुगेका विकास निर्माणमा शिलान्यास गरेर नाटक गरेको भन्दै अध्यक्ष नेपालको चर्को आलोचना गर्नुभयो ।

“त्यो काम प्रमुख प्रतिस्पर्धी दलकापनि तल्लो स्तरका नेताले गर्ने हो । त्यो आलोचनाले बुझ्न सकिन्छ कि अब झाँक्री लामो समय माधवकुमार नेपाल नेतृत्वको पार्टीमा बस्न सक्नुहुन्छ ।”

उ”हाँले त पद गुमाउँने दिन नै अब मेरो लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल मरे सरह भयो भनेर अभिव्यक्ति नै दिइसक्नुभएको छ ।त्यसपछि नेपालसँग झाँक्रीको खासै बोलचाल नै छैन ।पार्टीको सचिव भएपनि अहिले झाँक्रीलाई नेतृत्वले खासै महत्व दिँदैन । अरु दुई नेतापनि केपी शर्मा ओली निकट हुँदाहुँदैपनि पदका लागि नै मात्र माधवकुमार नेपालको कित्तामा जानुभएको थियो ।

“पार्टीको सचिव भएपनि अहिले झाँक्रीलाई नेतृत्वले खासै महत्व दिँदैन । अरु दुई नेतापनि केपी शर्मा ओली निकट हुँदाहुँदैपनि पदका लागि नै मात्र माधवकुमार नेपालको कित्तामा जानुभएको थियो ।तर छोटो समयमा नै अपमानपूर्ण ढंगले पद खोसिएपछि अब उक्त पार्टी छोड्ने सोचमा हुनुहुन्छ । नेकपा (एमाले) का शीर्ष नेताहरुसँग उहाँहरुले सम्वाद थालिसक्नुभएको छ ।

“आफूसँग पैसापनि भएकाले पैसाको लगानी गरेर भएपनि एमालेमा लागे प्रत्यक्षमा नै प्रतिनिधिसभामा चुनाव जित्न सकिन्छ भन्ने उहाँहरुको आँकलन छ ।त्यसो हुँदा चुनावकै लागि भएपनि एमाले फर्किने उहाँहरुको सोच छ । गठबन्धन कायम रहँदा उहाँहरुको क्षेत्रमा उहाँहरुले टिकट नपाउँने देखिन्छ ।

“पाएपनि अध्यक्ष र शीर्ष नेतासँग नै दुरी बढाएकाले पार्टी पंक्तिले हराईदिने उहाँहरुमा भय छ । झाँक्रीलाईपनि अब एमालेमा एउटा पंक्ति सहित लिएर फर्किएमा कार्यकर्ताको साथ पाउँने आशा छ ।विगतमा बाटो विराईहालेपनि सच्चिने मौका यही हो भन्नेछ ।चुनावी हिसाब–किताबको बेला भएकाले अहिले पार्टी प्रवेश गराउँन अध्यक्ष ओलीपनि नरम भएकाले यही मौका छोप्दै केही दिनमा एमालेमा आउँने तयारी रहेको स्रातेले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host