श्रीमतीको हत्या आरोपमा पक्राउ

नुवाकोट, २३ फागुन (रासस): लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host