नयाँदिल्ली, २३ चैत (रासस) : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।
भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने छ ।
