रामग्राम स्तूपको विकास प्राथमिकतामा

नवलपरासी, २४ चैत (रासस): प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले पश्चिम नवलपरासीको रामग्राम स्तूप क्षेत्रको अवलोकन गर्नुभएको छ ।
गौतम बुद्धको अष्टधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्र पुगेर शुक्रबार भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री चौधरीले अवलोकन गर्दै प्रदेश सरकारले रामग्राम स्तूप र पण्डितपुरलाई लुम्बिनी र बुद्धसँग सम्बन्धित धार्मिकस्थलसँग जोड्ने मोनो रेल चलाउने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

प्रदेश नं ५ को छिटो विकास गर्न पर्यटन मुख्य स्रोत रहेकाले रामग्राम स्तूपसँगै प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको विकास गर्ने सरकारको बृहत् योजना रहेको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य वैजनाथ जयसवालले पनि रामग्राम स्तूप र पण्डितपुरको विकासमा सकारात्मक धारणा व्यक्त गर्नुयो ।
सो अवसरमा स्थानीयवासीले रामग्राम स्तूपको संरक्षण तथा विकासका लागि स्वायत्त निकाय अर्थात् रामग्राम स्तूप विकास कोष नै खडा गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host