शत्रु गतेले हसाँयो आर्मी चिफ देखि नीर शाह दम्पत्ती सम्मलाई कोमल वली हाँसेको हाँस्यै भईन्

शत्रु गतेले हसाँयो आर्मी चिफ देखि नीर शाह दम्पत्ती सम्मलाई कोमल वली हाँसेको हाँस्यै भईन्,

थप समाचार –

नयाँदिल्ली : प्रधानमन्त्री केपी ओलीले भारतमा रहेका नेपालीलाई ‘नेपाल बनाउने’ आफ्नो अभियानमा साथ दिन स्वदेश फर्कन आह्वान गरेका छन् ।
बाह्रखम्बास्थित नेपाली दूताबासमा आयोजित कार्यक्रममा प्रवासी नेपालीलाई सम्बोधन गर्दै ओलीले भने, ‘म नेपाल बनाउन अघि बढिसकेको छु । भारतमा रहेका नेपालीले यसमा सहयोग गर्नुपर्छ । अब तपाईहरु यहाँ बसेर होइन, नेपाल फर्केर काम गर्ने अवस्था निर्माण गर्नेछौं । देशको तपाईंहरूलाई जति चिन्ता छ, त्यसभन्दा बढी गम्भीर भएर मैले काम थालेको छु ।’

देशमा स्थायी सरकार बनिसकेको र त्यसले नेपालीको विकासप्रतिको आकांक्षा पुरा गर्ने उनले दावी गरे । त्यसैगरी आफूले लोकतन्त्र, शान्ति र मानवअधिकारप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता नगर्ने उनले बताए ।

कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । दूतावासको प्रांगणमा भएको कार्यक्रम अचानकको हावाहुरीले बिथोलियो । सहभागीबीच भागाभाग चल्यो । उनीहरुले आफ्नो ज्ञापनपत्रसमेत बुझाउन पाएनन । ओलीले करिब पाच मिनेट सम्वोधन गरेपछि हावाले धुलो उडायो । ओलीलाई सुरक्षाकर्मीले तत्काल राजदूत निवास लगेका थिए । उनले त्यहीं ज्ञापनपत्र बुझदै प्रवासीका समस्या सुनेका थिए ।

प्रवासी नेपालीको संगठनले संयुक्त रुपमा १६ बुदे माग राखेका छन् । उनीहरुले भारतमा निधन हुने नेपालीका हकमा पनि अन्य मुलुकमा झैं दुर्घटना बिमाको व्यवस्था गर्न आग्रह गरेका थिए । आधार कार्ड अनिवार्य बनाएपछि पेन्सनबाट वञ्चित हुनुपर्ने समस्याबारे अवगत गराएका थिए । उनीहरुले बैंक खातालगायत पुराना समस्या सुनाएका थिए । प्रवासी नेपालीलाई मतदाता सूचिमा सुचिकृत गराउन पनि उनीहरुले आग्रह गरे । प्रधानमन्त्रीले सबै समस्या समाधानमा मिल्नेसम्म पहल गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host