राष्ट्रकविको स्वास्थ्यमा सुधार

काठमाडौँ, २४ फागुन (रासस):केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उहाँ घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उहाँकी नातिनी महिमाले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host