इजरेली सुरक्षा फौजले चलाएको गोली लागेर एक पत्रकारको मृत्यु
इजरेल र गाजाको सीमा क्षेत्रमा भएको प्रर्दशनमा प्यालेष्टाइनी एक पत्रकारको मृत्यु भएको छ । सीमा क्षेत्रमा प्यालेष्टाइनीले गरेको प्रर्दशनमा इजरेली सुरक्षा फौजले चलाएको गोली लागेर ३० वर्षीय पत्रकार यासिर मुरताजाको मृत्यु भएको हो । प्रेस लेखिएको ज्याकेटमा प्रर्दशनीको तस्बिर खिच्दै गर्दा घाइते भएका मुरताजाको उपचारका क्रममा मृत्यु भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुरताजा प्यालेष्टाइनको एन मिडियामा कार्यत क्यामरम्यान हुन् ।
अन्य पत्रकार भने सुरक्षित पोशाक लगाएकाले बाच्न सफल भएको प्यालेष्टाइनी अधिकारीले जनाएका छन् । दुई हप्ता यता सीमा क्षेत्रमा भएको प्रर्दशनमा २९ जना प्यालेष्टाइनीको मृत्यु भइसकेको छ । यद्यपि, इजरेली सैन्य प्रवक्ताले भने घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छ्रैनन् । पछिल्लो समय कब्जा गरिएको आफ्नो भूभाग फिर्ता गर्नुपर्ने भन्दै प्यालेष्टाइनीले सीमा क्षेत्रमा प्रर्दशन गर्दै आएका छन् ।