नेपाली सामुदायिक केन्द्रको नियमित बैठक सम्पन्न ( भिडियो सहित )
निपोल न्यूज़ , क्यालिफोर्निया – नेपाली सामुदायिक केन्द्रको नियमित बैठक केन्द्रको तदर्थ समिति अध्यक्ष उत्तम कार्कीको सभापतित्वमा सम्पन्न भयको छ I नर्दन क्यालिफोर्नियाको बे एरियामा क्रियाशील विभिन्न नेपाली संघ संस्थाहरुको पदाधिकारी एबम प्रतिनिधि समेतको उपस्थितिमा सम्पन्न उक्त बैठकले नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ आफ्नै जग्गा खरिद गर्न सफल पार्न सहयोग गर्नु हुने संपुर्ण संघ , संस्था , चन्दादाता, समाजसेवीहरुलाई धन्यबाद ज्ञापन गर्दै भबन निर्माणार्थ आयोजित राफल कार्यक्रमको बिबिध बिषयमा छलफल एबम निर्णय गरेको छ I राफल टिकट वितरण प्रक्रियालाइ अझ व्यापक एबम ब्यबस्थित बनाउने र सो को लागि तिन सदस्यीय समिति निर्माण गरेको छ जसमा कोषाध्यक्ष प्रेम परियार, नान्सका पूर्व कोषाध्यक्ष नारायण पोखरेल र नान्स पूर्व सचिब सुजित सिंह रहनु भयको छ I
नान्स एबम नेपाली सामुदायिक केन्द्र तदर्थ समितिले बे एरियाका समाजसेबी एबम लायन्स क्लब गर्भर्नर राजन थापाको अगुवाईमा सम्पूर्ण लायन्स क्लबहरु संग समन्वय गर्दै भबन निर्माणार्थ राफल टिकट बिक्रि वितरण एबम म्याचिंग ग्रान्ट्स ब्यबस्थापन गर्न लायन्स क्लबलागि पर्ने, सो को लागि आबस्यक बिधि प्रक्रिया पुरा गर्न सात सदस्यीय समिति लायन्स गभर्नर राजन थापाको सुझाब अनुसार गठन गरियको छ I गभर्नर राजन थापाले बे एरियाका नेपाली समुदायको साझा सपना सामुदायिक भवन बनाउने काम अब ढिलो गर्न नहुने र यस पुण्य कार्यमा आफुले बोलेको कुनै पनि बचन पुरा गरिछाड्ने प्रतिबद्धता फेरी पनि राख्नु भयो I सहभागीहरुको जिज्ञासाहरुलाई समेत ध्यानमा राखी गभर्नर राजन थापाले आफुले क्याबिनेट बैठकमा राखी सम्पूर्ण लायन्सहरुको ध्यानाकर्षण गराउदै यस प्रोजेक्ट सफल बनाई छाड्ने बताउनु भयो I सहभागीहरुको तर्फबाट नान्सका पदम लामा, एन. आर. एन.का रोशन अधिकारी, नारायण पोखरेल , पत्रकार यस.बाबु सन्दिप( ओ.यस. नेपाल) ले जिज्ञासा राख्नु भयको थियो I
बैठकमा सहभागी सबैले राफल टिकट बिक्रि वितरण गर्न आफुहरु पनि लागि पर्ने भन्दै सबैले टिकटको जिम्मेबारी लिनु भयको थियो I उक्त बैठकमा जनसम्पर्क समिति अध्यक्ष पूर्ण शेर्पाले १०० टिकट आफुले तत्काल एक महिना भित्र बिक्रि गर्ने र सबै संघ संस्थाका पदाधिकारी एबम सदस्यहरुले जिम्मेबारी लियर अगाडी बढ्न सके सबै टिकट तत्काल बिक्रि गर्न सकिने र नेत्तृत्व तहले फलो-अप गर्दै जानु पर्ने बताउनु भयो I बैठकमा सहभागी सबैको उत्साहपुर्बक सहभागिताले हौसला प्राप्त भयको नान्स अध्यक्ष रबिन्द्र राईले बताउनु भयो I नान्स बरिस्ट उपाध्यक्ष ईश्वर सिटौलाले बैठकमा २०० भन्दा बढी टिकट वितरण गरियको बताउनु भयो I बैठकमा एन. आर. एन. यूयसए एबम क्यालिफोर्निया च्याप्टरलाई एन. आर. एन.को बैद्धिक भेला एबम साधारण सभा नर्दन क्यालिफोर्नियामा आयोजना गर्ने निर्णय एबम संयोजन गर्ने जिम्बेबारी पाउनु भयकोमा बधाई एबम धन्यबाद ज्ञापन गर्दै नान्स एबम नेपाली सामुदायिक केन्द्र समितिले निर्णयको स्वागत गरेको छ र ब्यबस्थापनमा सक्रिय सहयोग गर्ने निर्णय पनि गरेको छ I बैठकको संचालन एबम निर्णयको पूर्णपाठ महासचिब प्रीतेश कार्कीले गर्नु भयको थियो I बैठक हिमालयन फ्लेभर, बर्क्लीको सभा हलमा भयको थियो I
सोहि स्थानमा नान्सको कार्यसमितिको नियमित मासिक बैठक समेत बसेको थियो I
(भिडियो )