पोखरा पुगेपछि धुर्मुसले भने–“पोखरामा विश्वको सबैभन्दा राम्रो क्रिकेट रगंशाला बन्न सक्छ”

पोखरा पुगेपछि धुर्मुसले भने–“पोखरामा विश्वको सबैभन्दा राम्रो क्रिकेट रगंशाला बन्न सक्छ”

प्रधानमन्त्री ओली भारतीय कित्तामैः बिष्लेशक शंकर तिवारी
थप समाचार –

फोटो पत्रकार समूहको अध्यक्षमा महतो
पर्सा, २४ चैत (रासस) : राष्ट्रिय फोटो पत्रकार समूह पर्साको अध्यक्षमा राष्ट्रिय समाचार समिति पर्साका प्रतिनिधि विजय महतो सर्वसम्मत चयन हुनुभएको छ ।

वीरगञ्जमा आज सम्पन्न राष्ट्रिय फोटो पत्रकार समूह पर्साको छैटौँ साधारणसभाले महतोलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

फोटो पत्रकार समूह पर्सा शाखाका अध्यक्ष पंकज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले फोटो पत्रकार समूहले आयोजना गर्ने तालीममा उद्योग वाणिज्य संघले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host