आगलागी पीडितलाई राहत प्रदान
ताप्लेजुङ, २५ फागुन (रासस): ताप्लेजुङको फुङलिङ नगरपालिका–७ ऐश्वर्य चोकका आगलागी पीडित दिवाकर भट्टराईको परिवारलाई बिहीबार दिउँसो दुईवटा स्थानीय सामाजिक संस्थाले राहत प्रदान छन् ।बिहीबार बिहान भएको आगलागीबाट घर गुमाएका भट्टराईको परिवारलाई अन्तर्राष्ट्रिय हरियाली मञ्च, शाखा ताप्लेजुङ र स्थानीय सोसियल युथ गाईजले राहत प्रदान गरेका हुन् ।तत्कालका लागि पीडित परिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले नगद, खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडालगायतका सामग्री हस्तान्तरण गरिएको ती संस्थाले जनाएका छन् ।
अन्तर्राष्ट्रिय हरियाली मञ्चले नगद रु छहजार एकसय एक प्रदान गरेको संस्थाका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभएको छ भने युथ गाईजले एक बोरा चामल, सिरक एक थान, कुकर, कराई, थाल, डाडु पन्यूलगायतका सामग्री दिएको सो संस्थाका अध्यक्ष केशव आचार्यले जानकारी दिनुभएको छ ।
सामाजिक कार्यमा सक्रिय रहँदै आएका यी संस्था राहत लिएर सबैभन्दा पहिले पुगेका हुन् । बाबुको काजक्रियामा बसेका दिवाकरको घरमा बिहीबार बिहान करिब ३ बजे अचानक आगलागी भएको थियो । आगलागीका कारण घर पूर्णरुपमा नष्ट भएको छ भने घरभित्र रहेका सम्पूर्ण सामग्रीसमेत जल्दा झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको बताइएको छ ।