अपांगता भएका महिलाका लागि रोजगारीको व्यवस्था

काठमाडौँ, २५ फागुन (रासस): श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले अपांगता भएका महिलाका लागि सरकारले रोजगारी सिर्जना गर्ने गरी विशेष कार्यक्रम ल्याइने बताउनुभएको छ ।

सञ्चारिका समूह र नेपाल नेपाल अपांग महिला संघलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित ‘अपांगता महिलाको न्यायमा पहँुच’ विषयको अन्तक्र्रियामा मन्त्री थापाले अन्य महिलाको तुलनामा अपांगता भएका महिला दोहोरो मारमा परेकाले तिनका लागि विशेष कार्यक्रम ल्याइने स्पष्ट गर्नुभयो ।

नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धितालले समग्र महिलाभित्र पनि अपांगता भएका महिला सबैभन्दा बढी हिंसामा पर्ने गरेको बताउनुभयो । अधिवक्ता मीरा ढुंगानाले अपांगता भएका महिलामाथि वैवाहिक, सामाजिक÷सांस्कृतिक, मान्यता, आर्थिक–शैक्षिक– स्वास्थ्यको स्थितिका आधारमा समेत फरक फरक व्यवहार गर्न नहुने बताउनुभयो । कूल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका व्यक्तिमध्ये ४५.४४ प्रतिशत महिला र ५४.५६ प्रतिशत पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host