कैलाली, २५ फागुन (रासस): नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई आज जनही रु पाँच लाख सहयोग गर्नुभएको छ ।
वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो ।