पिसजोन एकेडेमी चौधौं वर्षमा, बरिष्ठ हाँस्यकलाकार बसुन्धरा भुषाललाई सम्मान

बसन्ती गायक, संबाददाता , पोखरा, २४ फागुन । पिसजोन एकेडेमीको चौधौं वार्षिकोत्सव तथा अभिभावक दिवस तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बरिष्ठ हाँस्य कलाकार बसुन्धरा भुषाललाई सम्मान गरिएको छ ।
उत्सवकै अवसरमा शिक्षा क्षेत्रका अग्रज शिक्षाविद् डा.एलियाम्मा जोन, राष्ट्रिय फुटबल खेलाडी शम्भु के.सी., दीर्घ सेवा पदकबाट प्रभा गोदार, ममता गुरुङ, उषा राना, वर्ष विद्यार्थीबाट सुमित के.सी., स्व.विश्वनाथ बराल छात्रवृत्तिबाट पूर्व विद्यार्थी नमुना चापागाइँ, रेडियो सराङ्कोटका कार्यक्रम संयोजक सन्तोष पराजुलीलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्व बरिष्ठ हाँस्यकलाकार बसुन्धरा भुषालले कलाकारितामा लाग्दा महिला भएको कारणले धेरै संघर्ष व्यहोर्दै आफू कलाकार भएर देश चिनाउन सफल भएको बताउँदै नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन कलाकार र खेलाडी सफल भएको बताइन् ।

कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी शम्भु के.सी.ले विद्यार्थीलाई शिक्षा र खेलकुद सँगै लान आवश्यक रहेको बताए ।
२०६१ सालमा स्थापना भएको विद्यालयले शैक्षिक गतिविधिसँगै नैतिक शिक्षा, खेलकुद, सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु गर्दै आएको विद्यालयका प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्र शर्मा दाहालद्वारा लिखित कविता संग्रह प्रहारको विमोचन गरिएको थियो । उक्त अवसरमा नारी दिवसको सन्दर्भ विषयक नाटक, विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
विद्यालयका प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाविद् डा.एलियाम्मा जोन, अभिभावकको तर्फबाट बलराम घिमिरे, चेतनारायण भुषाल, सहप्रशासक राजु भण्डारी, अमिता शर्मा, अश्मी शर्मा, विद्यार्थीहरु श्रेया भारती र नमूना चापागाई, लगायतले शुभाकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्राचार्य सुरेन्द्र शर्मा दाहालले गरेका थिए ।
कार्यक्रममा २०७३।०७४ मा अध्ययन तर्फ उत्कृष्ट, कलाकार विद्यार्थीहरुलाई प्रोत्साहन सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host