कोलपाटन सहकारीमा आवद्ध महिलाहरुका लागि उद्घोषण तालिम शुरु
बसन्ती गायक, संबाददाता , पोखरा २४ फागुन – पोखराको वडा नं १५ मा रहेको कोलपाटन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उद्घोषणकला तथा नेतृत्वविकाश सम्धन्धि त्रि दिवसीय तालिम सुरु भएको छ । १०८ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्थामा आवद्ध महिला शेयर सदस्यहरुलाई लक्षित गरी तालिम शुरु भएको हो ।
विहिबारदेखि सुरु भएको तालिम पोखरा लेखनाथ महानगरपालिका १५ नं वडा अध्यक्ष प्रकाश पौडेलले उदघाटन गरे । तालिमको उद्घाटन गर्दै पौडेलले सहकारीले आँप्mना शेयर सदस्यहरुको क्षमता विकाशका लागि गरेको तालिमले नेतृत्व र बोल्ने सीपमा निखार आउने विश्वास व्यक्त गरे । कार्यक्रममा सिद्ध पब्लीक कलेजका अध्यक्ष मिनबहादुर गिरी, संस्थाका उपाध्यक्ष अम्बिका पराजुली, कोलपाटन आमा समूहका सचिव दुर्गा दाहाल लगायतका वक्ताहरुले सहकारीको सिद्धान्तमा तालिम तथा सूचाना समेत रहेकाले संस्थाले आयोजना गरेको तालिमले संस्थाको हित गने विश्वास व्यक्त गरे ।
३ दिनसम्म चल्ने उक्त तालिमलाई थ्रि एन्जल्स रेडियोका सामाचारप्रमुख जीवन सुवेदीले सहजिकरण गरेका छन् भने तालिमलाई थ्रि एन्जल्स रेडियोले संयोजन गरेको हो । संस्थामा आवद्ध करिब ५५ जना महिलाहरुको तालिममा सहभागिता रहेको छ ।
संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महिला उपसमिति संयोजक सञ्जीवनी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपसमिति सदस्य सीता बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
