नवौं राष्ट्रिय हेमजा आलु महोत्सव- २०७४

बसन्ती गायक, संबाददाता, पोखरा, २५ फागुन। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव- २०७४ लाई हेमजाका आम समूहले सघाउने भएका छन्।
शुक्रबार हेमजामा रहेका आम समूहसँग गरेको अन्तरक्रिया कार्यक्रममा यहँका आमा समूहले आलु महोत्सवलाई भव्य र सव्य बनाउनका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएका थिए।
हेमजामा ३३ वटा आम समूह रहेका छन्। महोत्सवका हरेक दिन आमा समूहलाई व्यापक परिचालन गरेर महोत्सवलाई सफल बनाउने उद्देश्य आयोजकले लिएको छ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २२ देखि ३० गते सम्म विष्णु पादुका खेल मैदानमा हुदै छ।
हेमजालाई व्यवसायिक कृष्तिा क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय सामुयिक नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहने छ।

त्यसैगरी, प्रदेश नं.४ स्तरीय कविता प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्वको आकर्षणको रुपमा रहेको विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए।महोत्वमा कृषि प्रदर्शनी, कृषि उत्पादन विक्रि वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथामिक उपचारा, वैकिड्ड कारोवार, मनोरञ्जन गरी १ सय १७ स्टल रहने स्टल संयोजक राजेन्द्र थापाले जानकारी दिए।

महोत्सव सम्पन्न गर्नका लागि करिव २४ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको नवौ राष्ट्रिय हेमजा आलु महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए। महोत्सवलाई सफल बनाउका लागि सवैको मन खोलेर सहयोग गर्न अर्थ संकलन उपसमिति संयोजक जगतबहादुर थापाले आग्रह गरे।
महोत्सवप्रति सवैको सकारात्मक चासो भएकोले महोत्सव सव्य र भव्य रुपमा सम्पन्न हुने मुल अयाोजक समिति संयोजक सुविन श्रेष्ठले जानकारी दिए।
महोत्वसमा रत्यौली प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कालकारको वेजोड प्रस्तुति र हास्य प्रहसन पनि रहने आयोजकले जनाएको छ।
विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host