नगरसभाबाट तीनवटा ऐन पारित

कञ्चनपुर, २८ फागुन (रासस): भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएका छन् । नगर सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकालाई रुपान्तरणको बाटोमा लैजाने प्रतिबद्धता गरी विभिन्न ऐन र निर्णय पारित गरिएको बताउनुभयो । “नगर सभामा अहिलेसम्मको विकास निर्माणको समीक्षा ग¥याँै, विगतका कमजोरी सच्याउँदै भीमदत्तको रुपान्तरण र परिवर्तनका लागि सबैले सामूहिक रुपमा लाग्ने कुरा भयो,”नगर प्रमुख विष्टले भन्नुभयो । नगर सभामा आगामी तेस्रो नगर सभामा पेश हुने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ ।
दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएका छन् । यसअघि पहिलो नगर सभाबाट पारित ऐन स्थानीय राजपत्रमा प्रकाशित गरिएका छन् ।
नगर सभाले विभिन्न ६ वटा विषयत समिति पुनः गठन र पशु सेवाअन्तर्गत छुटेको बजेट थप गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ । नगर कार्यपालिका (कार्य सम्पादन नियमावली) का आधारमा वडाध्यक्षको संयोजकत्वमा तीनदेखि ६ सदस्यीय समिति गठन गरिएका छन् ।
यसैगरी नगर सभाबाट नगर सभा सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सभाकक्षमा रहन अनुमति दिने निर्णय गरिएको छ । नगरपालिकाका सबै वडामा एक÷एकसहित २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host