प्रमोद अमात्यको ‘एक दुई तीन हटियाको दिन…’ शीर्षकको झिल्के रसिलो गीत अब यू -ट्युबमा
‘एक दुई तीन हटियाको दिन…’ शीर्षकको झिल्के रसिलो गीतको लिरिकल भिडियो OSR Digital ले युट्युब मार्फत् सबका सामु पस्केको छ । यो गीतमा प्रमोद अमात्यका रसिला, लोक शैलीका शब्दहरू रहेका छन् ।
‘प्रीत बिना योवन लफाप नै भयो’ र ‘बहारसंगै उड्यो मन किन थाम्दैन’ जस्ता अति लोकप्रिय गीतका संगीतकार अनिल शाही यस ‘एक दुई तीन हटियाको दिन…’ गीतका संगीतकार हुन् । ‘ सुल्तान अफ गितार’ भनेर चिनिने अनिल शाही प्रसिध्द फ्युजन गितारिष्ट पनि हुन् ।
‘मीठो साह्रै मीठो अचम्मै मीठो, साँच्चै मीठो …’ र ‘ भन के छ बन्दोबस्त, म आउँछु सुस्त सुस्त…’ जस्ता चर्चित गीतका गायक विश्व नेपाली र ‘मुख छोपी पछ्यौरिले …’ गीतबाट उदाएका नबोदित युवा गायिका जुनु राईको युगल गायन रहेको छ यस ‘एक दुई तीन हटियाको दिन…’ गीतमा ।
गीत आजभोलिको समयको र नाचुँ नाचुँ बनाउने शैलीको रहेको र चलचित्रका लागि सुहाउँदो बनेको छ भन्ने धारणा यो गीत सुन्ने धेरै जनाको छ । यस गीतलाई ड्रिम्स रेकर्डिङ स्टुडियोमा गणेश चौधरीले संगीत संयोजन गरेका छन् अनि मिक्सिंग र मास्टरिंग प्रकाश केसीले गरेका छन् ।