के भने गगनले संसदमा जस्कारण प्रधानमन्त्री टुलु टुलु हेरिरहे ?

को हुँ गगन थापा ? जसले संसदमा प्रधानमन्त्रीलाई टुलु टुलु हेरिरहन बाध्य पारे ? गगन ले सरकार लाई दिन गन्ति सुरु भयको बताइयको छ I  गगनका बारे केहि कुरा –

थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनी कश्यप गोत्री गोदार थापा हुन्।

गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निवाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रुपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउनुभयो।

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहा विद्यार्थी संगठनमा लाग्नुभयो। नेविसंघको सदस्य हुनुभयो। २०५१ सालमा उन त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो। त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गर्नभयो। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो। उन उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो। जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्‍यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उहा ८, १० पटक जेल पर्नुभयो। २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उन पक्राउ पर्दै छुट्दै गर्नुभयो। लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो। हुँदा हुँदै उन लोकतन्त्र कै नायक बन्न सफल हुनुभयो। नेपालि काँग्रेस को १३ औ महाधिवेशन मा महामन्त्री पदको लागि आफ्नो उम्मेदारी घोषणा गर्नु भएका थापा लाइ नेपालि कांग्रेसको भावी सभापति को रुपमा पनि हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host