“न्यूरोडका ब्यापारी, लाई हनी ट्रयापमा, पारेर ४० लाखको बार्गेनिङ गर्ने श्रीमान–श्रीमती धरौटीमा छुटे,

“हनी ट्रयापमा पक्राउ परेका श्रीमान् श्रीमती १ लाख ५० हजार धरौटीमा छुटेका छन् ।सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन ४ गते पक्राउ गरेको थियो ।”

“उनीहरूलाई जिल्ला अदालत काठमाडौंले २४ गते खड्का दम्पतीलाई जनही १ लाख ५० हजार र सञ्जयलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको प्रहरीले जनाएको छ ।उनीहरु साउन १ गते न्यूरोडका एक जना व्यापारीलाई ‘ब्ल्याक मेलिङ’ गरेर ४० लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका थिए ।”

“ती व्यापारीको कल्पनासँग चिनजान बौद्धको खुद्रा पसलमा सामान पुर्‍याउन जाँदा भएको खुलेको छ । उनले व्यापारीलाई एक होटलमा खाजा खान जाऊँ भन्दै लगेकी थिइन् ।,त्यहाँ बिरामी भएको नाटक गरेर ‘हनी ट्रयाप’मा पारेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको थियो ।”

“प्रहरीका अनुसार खाजा खाँदा-खाँदै आफूलाई चक्कर आएको बहाना बनाएर होटलको कोठामा लगेको र व्यापारी छिर्नेबित्तिकै उनी निस्किएर आफू बलात्कारमा परेको बताएकी थिइन् ।ती व्यापारीलाई कल्पना र कृष्णहरिले प्रहरीमा उजुरी दिने भन्दै धम्क्याउन थाले । उनले आफ्नो इज्जत जाने भन्दै श्रीमान्–श्रीमतीसँग त्यसो नगर्न आग्रह गरे । तर उनीहरूले ४० लाख रुपैयाँ दिए मात्र केही नगर्ने बताएका थिए ।”

“उनीहरूले प्रहरीमा उजुरी दिएको नाटक गर्दै सञ्जय कार्कीलाई प्रहरी निरीक्षक बनाएर फो समेत गर्न भ्याएको खुलेको प्रहरीले बताएको थियो ।ती इन्स्पेक्टर छिट्टै शान्ति मिसनमा जाने भएकाले तत्काल केश मिलाउन दबाब दिने गरेको पनि व्यापारीले प्रहरीसँगको बयानमा खुलाएका थिए ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host