रहेनन वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापा
काठमाडौं २८ फागुन – सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस-बाङ्ला एयरको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भएको छ ।
काभ्रे कुशादेवीका स्थायी वासीन्दा डा. थापा अहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए । २०२४ माघ १४ गते कुसादेबी -३ काभ्रेमा जन्मिएका थापाले कुशादेबी उ. मा. बि .बाट एस. एल. सी. सकेका थिय I डा . थापाले चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगंज २०५१ मा एम.बि.बि.एस .सकेका थिय I चिकित्सा अध्ययन को क्रममा तिन पटक सम्म गोल्ड मेडलिस्ट हुन सफल थिय डा. थापा Iब्रेन ट्युमरको उपचारमा उनले विशेष दख्खल राख्दथे । बंगलादेशमा भएको एक कार्यक्रममा सहभागि भएर उनी स्वदेश फर्किदै थिए ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बिहीवार काठमाडौंको साग्रिला होटलमा आयोजित एक कार्यक्रममा डा थापाले महिला समानताको बिषयमा प्रेरणादायक प्रवचन दिएका थिए जुन आज सबैले सम्झिरहेका छन् ।
चिकित्सा पेशा संगै लेखन, साहित्य क्षेत्रमा पनि उनको उतिकै क्रियासिलता थियो I उनको डाक्टरी कबिता ‘ कविता संग्रह र ‘ चिरफार ‘ ( २०७०) निबन्ध संग्रह प्रकाशित भै सकेका छन् I सबै संग मिलनसार डा. थापाको कमि चिकित्सा क्षेत्रमा लामो समय सम्म रहनेछ I
डा. थापाको निधनले अहिले चिकित्सा क्षेत्रमा शोक छाएको छ ।