सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका अन्तर्गतको मानेश्वारा साङ्बारीमा बा १४ च ५६८५ नम्बरको बोलेरो दुर्घटना हुँदा एक गम्भीर र तीन सामान्य घाइते भएका छन् ।
अरनिको राजमार्ग अन्तर्गत घुम्थाङ जोड्ने सडक हुँदै डाँडागाउँ गइरहेको बोलेरो अस्वथ्य प्रतिस्पर्धाका कारण सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
मानेश्वारकै स्थानीय कुमार प्रधानको टाउकोमा चोट लागेकाले गम्भीर अवस्था रहेको छ। सोही स्थानका हर्क विक, कुमार विक र पूर्ण विक सामान्य घाइते भएका छन्।
‘आहिले घाइतेलाई अस्पताल लाने काम भइरहेको छ।