मतदान गरे लगत्तै प्रचण्डले भने ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुन पर्ने अवस्था छैन’


चितवन ३० वैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह जिल्ला चितवनबाट मतदान गरेका छन् ।

मतदान पछि पत्रकारहरु सँगको कुराकानीमा जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुन नपर्ने बताएका छन् । जित–हारलाई स्वाभाविक रुपमा मान्नुपर्ने बताएका प्रचण्डले तिमा आफूहरुले गठबन्धन गरेको पनि स्पष्ट पारेका छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार छिन् भने उनले पनि प्रचण्डसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेकी छन् ।

यता सत्ता गठवन्धनको सहमति विपरित कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवार दिएका छन् । उनले पनि पनि भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com