पोखरामा मेयरका प्रत्यासी धनराजले खसाले मत


पोखरा ।

पोखरामा मेयरका प्रत्यासी धनराज आचार्यले गरे मतदान गरेका छन् । मतदान अधिकृतका अनुसार पोखरा महानगरपालिकाका पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी धनराज आचार्यले विहान ७ स् १० बजे वडा नं ३३ को शान्तिउदय मावि मतदान केन्द्रवाट मतदान गरेका छन् ।

मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् । त्यस्तै मेयरका एमालेका उम्मेदवार कृष्ण थापाले विहान ७।१५ बजे वडा नम्बर १६ को विन्ध्यवासिनी मावि बाटुलेचौर मैदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै मेयर पदका प्रत्यासी अटेरी अभियानका गनेस पौडेलले बिहान ७स्३० बजे पोखरा(१४ मा मझेरी पाटनस्थित रामेश्वरी माविबाट मतदान गरेका छन् । निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com