प्रचण्डपुत्री रेणु दाहालले गरिन मतदान


चितवन, ३० वैशाख :

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर(१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

यो पनि : मतदान पछि १०० वर्षीय कृष्णप्रसाद पण्डितले भने – सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन् : जिल्लाको व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रमा १०० वर्षका एक वृद्धले मतदान गरेका छन् ।

ब्यास १ गल्फुबेँसीमा बसोबास गर्दै आएका १०० वर्षका कृष्णप्रसाद पण्डितले आज बिहानै मतदान केन्द्र पुगी मतदान गरेका छन् ।

मतदान पछि पण्डितले ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको बताएका छन् । आफ्नो उमेरमा सबैले मतदान गर्न पाउन् भन्दंै उनले सबैलाई दीर्घायुको कामना समेत गरेका छन् ।

उनले भने, सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन् ।’

आज देशभर चुनावी रौनक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com