३२ मतदाता बोकेको गाडी दुर्घटना : १४ जनाको मृत्यु, १० जनाको सनाखत
पोखरा, ३० वैशाख -स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।
यो पनि : रामेछापको दुई मतदान केन्द्रमा हवाइ फायर : रामेछापको दुई मतदान केन्द्रमा दूई पक्षबिच कुटपिट भएको छ ।
जिल्लाको सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।
सुनापतिमा एक पक्षले अर्को पक्षलाई कुटपिट गरेपछि तनाव भएको थियो । खाडाँदेवी गाउँपालिकाको वडा नं। १ मा भने दुर्व पक्षबिच छलफल भइरहेको छ ।