पूर्व राजा ज्ञानेन्द्र सहित उनका परिवारका सदस्यले गरेनन् मतदान


काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारले मतदान गरेनन्। पूर्व राजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकका अनुसार उनीहरु कसैले पनि मतदान गरेनन् ।मौसुफसहित परिवारका सदस्यले मतदान गरेको मेरो जानकारीमा छैन सरकारले मताधिकार प्रयोग गरिबक्सेको छैन पाठकले भने ।

राजगद्दी परित्याग गरेको लामो समयसम्म पनि पूर्व राजपरिवारका सदस्यले मतदान गर्ने नगरेको पाठक बताउछन् । त्स्तै उपराष्ट्रपति नन्द बहादुर पूनंले पनि मत दिएनन् ।त्यस्तै नेत्र विक्रम चन्द विप्लबले पनि मतदान गरेनन् ।

यो पनि : भरतपुरमा आफै हिँड्न सक्ने र देख्न सक्ने आमाबाबुकाे मतदान छाेराले गरिदिए : भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा छाेराले आमाबाबुकाे मतदान गरेका छन् । भरतपुर-७ का वडा सदस्य राजेन्द्र तामाङले आमाबुबा आफै हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि आफू जनप्रतिनिधि पनि भएको भन्दै दुवैकाे मतदान उनैले गरेका हुन् ।

उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफू जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे ।

मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए । मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफूले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गरिदिसके । मिडियामा नल्याउनू । मिडियाबाजी किन गर्नु ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए । ‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने, ‘सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए ।

गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहीले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

पत्रकारलाई दुर्व्यवहार

फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूलाई कृष्णपुर माविको मतदानस्थलमा दलका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर-७ का सभापति विनोद ढकालको समूहले दुर्व्यवहार गरेको हो ।

पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका ढकालले पत्रकारको क्यामेरा फुटाउनेसम्मको धम्की दिए । ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता हुन् । कांग्रेसकै बागी उमेदवारले त्यहीबाट मतदान गर्ने भएपछि उनीहरूले पत्रकारलाई समेत धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com