आजको राशिफल : २०७९ साउन २८ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

२०७९ साउन २८ गते, शनिवार, १३ अगस्ट २०२२। भाद्र कृष्णपक्ष द्वितीया तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि– कुम्भ। भाद्रपद कृष्णपक्ष (गुँलागा) द्वितीया तिथि, भोलि बिहान ०३:२७ बजेसम्म, त्यसपछि तृतीया तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०२:५० बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), शोभन योग, दिउँसो

११:१४ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा तैतिल करण दिउँसो ०४:२० बजेसम्म, त्यसपछि गर करण भोलि बिहान ०३:२७ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : आनन्द, चन्द्रवणर् : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : साँझ ०६:२५ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : रोपाई जात्रा, दथुसाया यलमतया, चतुर्मासा व्रत लिनेले दही बार्ने दिन प्रारम्भ, आजको मुहूर्त : गृहारम्भ (घरको जग राख्ने), वास्तु मुहूर्त, द्रव्यप्रयोग, फणिचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २९ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), दीक्षा ग्रहण, ३० गते : श्रावणी सोमवारको व्रत, त्रिपुष्कर योग सूर्योदयपूर्व ०२:५० बजेदेखि ०३:२७ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने), ३१ गते : श्रावण मसान्त, बैतडी विश्वनाथ मन्दिरमा बनारसी साउने मेला समाप्त, डाँछी कोलमती घाट स्नान, ललितपुरमा नृसिंह यात्रा, उपाकलं साया, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host