‘ओली अझै, युवा जस्तै लाग्छ, बाहिर अरुले जे ,भने पनि सबैभन्दा धेरै ,राष्ट्रभाव उहाँ मै छ’- रेखा थापा”

“रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको ,उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्। नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्।”

‘वाहवाही’ कमाइरहेकै अवस्थामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले एउटा मञ्चमै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा।त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो। तर, कुनै बेला, माओवादीमा रहेकी रेखा अहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा छिन्।”

“उनी राप्रपाको महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएकी हुन्। थापा नेपाली रजतपटमा अहिले पनि उतिकै चर्चित नायिकाको रुपमा परिचित छिन्। रेखा अहिले राप्रपाको संगठन सुधार र राप्रपाको ,राजनीतिक, वैचारिक ‘लाइन’मा समाहित भइरहेकी छिन्। यो समाचार इप्रेस मिडियाद्वारा तयार गरिएको हो ।”

“एक टेलिभिजन अन्तर्वार्तामा थापाले केपी ओली जस्ताे नेता नेपालमा अरू नभएको बताएकी छिन्। समकालीन नेताहरूमा मलाई ओली, मनपर्दछ। उहाँ युवा जस्तै लाग्छ थापाले भनिन् “बाहिर अरुले जे भने पनि सबैभन्दा धेरै राष्ट्रभाव उहाँ मै छ।” हेर्नुहोस भिडियो-”

“यो पनि ,पढ्नुहोस”

“स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले, एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।,

“माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल, बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।”

“तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको ,कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।”

“त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक ,जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।”

“स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र ,उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक, परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।”

“एमालेको ‘हाई कमाण्ड’ मानिएको सचिवालयका १९ जना शीर्ष नेतामध्ये यी नेता चुनाव लड्न अनिच्छुक !नेकपा एमालेको ‘हाई कमाण्ड’ मानिएको केन्द्रीय सचिवालयमा रहेका १९ जना शीर्ष नेतामध्ये केही नेताले मंसिरमा हुने निर्वाचनमा चुनावी प्रतिस्पर्धा, गर्न अनिच्छा प्रकट गरेका छन् । खर्चिलो चुनाव, पार्टीभित्र मौलाएको घात–अन्तरघात र गुटगत प्रतिस्पर्धाका कारण चुनाव जित्न सकस हुने देखिएपछि उनीहरुले अनिच्छा देखाएका हुन् ।”

“यसरी चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा जनाउने शीर्ष नेताहरुमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ तथा उपमहासचिव विष्णु रिमाल छन् ।ज्ञवाली गत २०७४ को निर्वाचनमा ,पनि चुनाव लड्नबाट पछि हटेका थिए । त्यसबेला पार्टीले चुनाव लड्न सुझाव दिएपनि निर्वाचन महँगो हुनेभन्दै पछि हटेका ज्ञवालीले यो पटक पनि आफूलाई चुनाव लड्ने इच्छा नरहेको बताएका छन् ।”

‘मलाई चुनाव लड्ने कुनै इच्छा छैन । चुनाव जितेर पदमा पुग्ने भन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘त्यसैले मैले अहिले नै उठ्छु उठ्दिनँ भन्न त मिल्दैन तर मलाई आकर्षण छैन ।’ विगतमा ज्ञवाली दाङ-३ बाट निर्वाचन लड्ने गरेका थिए ।”

“त्यस्तै अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि यो पटक प्रदेश र संघ, कतैपनि निर्वाचन नलड्ने मनस्थितिमा छिन् ।उनले पनि खर्चिलो निर्वाचन प्रणालीबाट त्रसित भएको भन्दै चुनाव लड्न इच्छा नभएको निकटहरुसँग बताउने गरेकी छन् ।”

“उनी निकट नेताहरुका अनुसार प्रदेश सभामा नदोहोरिने र संघमा जित्ने निश्चित नभएकाले अनिच्छा देखाएकी हुन् । ‘जित्नलाई निकै पैसा खर्च गर्नुपर्ने हुन्छ । अहिलेको निर्वाचन खर्चिलो छ । कहाँबाट पैसा ल्याउने ?’ आफू निकटका नेताहरुलाई, शाक्यले भन्ने गरेकी छन् ।२०७४ सालको निर्वाचनमा उनी काठमाडौं ८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भएकी थिइन् । त्यसबेला शाक्यले ५ हजार १६९ मत ल्याउँदै काँग्रेसका देवरत्न डंगोललाई पराजित गरेकी थिइन् ।”

“नेकपा विभाजनपछि माओवादीबाट एमाले प्रवेश गरेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि प्रत्यक्ष निर्वाचन नलड्ने सोचमा पुगेको, उनी निकटका नेताहरु बताउँछन् । नेता बादल यसअघि माओवादी कोटामा राष्ट्रिय सभा सदस्य भएपनि उनको कार्यकाल सकिएको छ ।गृहजिल्ला चितवन रहेका थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्डको निर्वाचन क्षेत्र (३)एउटै पर्छ ।”

“चितवन ३ बाट २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित प्रचण्डले यसपटक पनि सोही, क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सो क्षेत्रमा यो पटक प्रचण्डले काँग्रेस, नेकपा समाजवादीसहितको साथ पाउने निश्चित छ ।”

“यस्तोमा बादल प्रचण्डसँग निर्वाचन लड्न नसकिने र त्यो बाहेक अन्त उनका लागि निर्वाचन क्षेत्र समेत नभएकाले समानुपातिकतिरै बस्ने ,निकटकाहरुलाई बताउने गरेका छन् । यद्यपी बादलको मतदाता नामावलीमा नाम चितवन १ मा भएकाले त्यहाँ चुनाव लड्न कतिपयले सुझाव दिएपनि उनले त्यहाँसमेत अनिच्छा देखाउने गरेका छन् ।”

“ज्ञवाली, शाक्य र थापापछिका प्रत्यक्ष निर्वाचन लड्न अनिच्छा प्रकट गर्नेमध्येका एमालेका अर्का नेता हुन् विष्णु रिमाल । उपमहासचिव रहेका रिमालको स्थायी घर नुवाकोट हो ।नुवाकोटको चुनावी मैदानमा उनी खासै भिजेका भने छैनन् । त्यसकारण, पनि उनले चुनाव लड्न अनिच्छा प्रकट गरेको एमाले वृत्तमा चर्चा छ । रिमाल स्वयंले भने यसबारे मुख खोलेका छैनन् ।”

‘उहाँ अहिलेसम्म चुनाव लड्नुभएको छैन । यस पटक पनि इच्छा देखाएको बुझिँदैन । बरु राष्ट्रिय सभातिर जाने उहाँको सोच बुझिन्छ’, एमालेका एक केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्म चुनाव, नलडेपनि पार्टीको उपमहासचिव हुनुभएको छ त्यसैमा सन्तुष्ट हुनुहुन्छ ।’ रिमाल ओलीका खास विस्वासपात्रमध्येका एक मानिन्छन् ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host