सेतो दूबी कारण चिन्तित हुनुहुन्छ ? यस्तो छ यसको उपचार

धेरै जसो मान्छे हरुलाई दुबी का चिन्तित बनाएको हुन्छ I शरीर को विभिन्न भागमा आउने दुबीले मानसिक समस्याहरु पनि ल्याउने गरेको पाइन्छ I बिशेष गरि अनुहार वा बाहिर सजिलै देखिने भाग मा दुबी आउदा मानिसहरु आफ्नो सुन्दरता गुमेको महसुस गर्ने गरेको विभिन्न अध्ययन बाट पाइएको छ I यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने गर्दछ । आज हामी यस्ता सेतो दागको कारण र यसलाई निको पार्ने उपायबारे जानकारी दिँदै छौं ।

३० प्रतिशत मानिसहरुमा सेतो दागको कारण वंशानुगत हुन्छ । केही मानिसहरुलाई भने सूर्यको यूभी किरणले पनि यस्तो दाग देखिने गर्दछ ।पेटमा समस्या र किरा हुँदा पनि छालामा सेतो दाग देखिने गर्दछ ।कलेजोमा समस्याका कारण पनि सेतो दाग देखिने गर्दछ ।

पसिना आउँदा सिस्टममा समस्या हुँदा पनि सेतो दाग देखिने गर्दछ ।मधुमेह, हाइपोथाइराइडजस्ता रोगका कारण पनि छालामा सेतो दाग देखिने गर्दछ । गलत खानाको सम्मिश्रणले पनि यस्तो समस्या निम्तिन सक्छ ।

सेतो दाग निको पार्ने उपाय :

रातो माटो :
एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्नुहोस् ।

तामाको भाँडाको पानी :
तामाको भाँडाको पानी पिउँदा शरिरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरिरमा आइरनको कमी हुँदैन ।

घामको किरणबाट बच्नुहोस् :
बाहिर निस्कनुभन्दा पहिले एक राम्रो एसपीएफ क्रिम लगाउन नबिर्सिनुहोस् । यो क्रिमले तपार्ईंलाई घामको किरणबाट जोगाउँछ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।

नीमको पात :
नीमको पातबाट दुईदेखि तीन चम्चा रस निकाल्नुहोस् । यसलाई महमा मिसाउनुहोस् र दिनमा तीनपटक पिउनुहोस् ।

तुलसीको पात र कागतीको रस :
तुलसीलाई दैनिक छालामा लगाउँदा मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ । दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउनुहोस् ।

ओखरको पाउडर :
ओखरको पाउडरमा थोरै पानी मिसाउनुहोस् । यसलाई दागमा दिनमा दुई पटक लगाउनुहोस् ।

चन्दन र बदामको तेल :
दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host